‘१४९ जनाको हस्ताक्षर नै नियुक्तिको आधार हो, परीक्षण गर्ने थलो राष्ट्रपतिको ढोका होइन’

संविधानको धारा ७६(५) को प्रधानमन्त्री नियुक्तिका लागि बहुमत सांसदले हस्ताक्षर बुझाएपछि दल बदलको कुरा हेरेर राष्ट्रपतिले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बन्नबाट रोक्न नमिल्ने दाबी उनका वकिलले गरेका छन् ।


Advertisement

प्रधानन्यायाधीश नेतृत्वको संवैधानिक इजलासमा बुधवार प्रतिनिधिसभा विघटनविरुद्ध परेको रिटमाथिको सुनुवाइका क्रममा वरिष्ठ अधिवक्ता बद्रीबहादुर कार्कीले देउवाको पक्षमा १४९ जनाको हस्ताक्षर नै प्रधानमन्त्री बन्ने आधार भएको जिकिर गरेका हुन् । 


Advertisement

‘प्रतिनिधि सभाका बहुमत सांसदले प्रधानमन्त्री नियुक्तिका लागि हस्ताक्षर बुझाएपछि त्यही नै हो आधार, त्यसरी नियुक्त भएको प्रधानमन्त्रीले विश्वासको मत पाउँछ कि पाउँदैन भन्ने परीक्षण गर्ने थलो प्रतिनिधिसभा हो, राष्ट्रपतिको ढोका होइन,’ कार्कीले भने । 

प्रधानमन्त्री नियुक्तिका लागि निवेदकको दाबी पुगेको र यसमा राष्ट्रपतिले दल बदलको कुरा झिकेर अल्मल्याउन नमिल्ने कार्कीले दाबी गरे । बहसका लागि १ घण्टाको समय पाएका कार्कीले प्रतिनिधि सभाको विश्वास गुमाएको प्रधानमन्त्री १ मिनेट पनि कुर्सीमा बस्न नमिल्ने जिकिर गरेका छन् ।


Advertisement

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्