×

NMB BANK
NIC ASIA

कोरोना संकट

कोरोनाले पर्यटन क्षेत्र तहसनहस : ‘फाइभ स्टार’ होटलमा ढुसी र माकुराको जालो !

असार ९, २०७८

NTC
Sarbottam
Premier Steels
Marvel

होटल व्यवसायी माधवकुमार खनाल गत वर्ष चैतमा बुटवलको कालिकानगरमा होटल डालिमा सञ्चालनमा ल्याउँदा निकै उत्साहित थिए ।

Sagarmatha Cement
Muktinath Bank

१० करोड लागतमा मध्यमस्तरको होटलमा लगानी गरेका खनालले १० दिन नबित्दै अनपेक्षित स्थितिको सामना गनुपर्‍यो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

कोरोना महामारीको पहिलो लहर शुरू भइहाल्यो । होटलमा अहिलेसम्म ५०० पाहुना पनि राख्न पाएका छैनन् । ५ करोड भन्दा बढी ऋणको मासिक किस्ता र ब्याज गरी ८ लाख रुपैयाँ बैंकलाई बुझाउनुपर्छ । 


Advertisment
Nabil box
Kumari

होटल तथा रेष्टुरेन्ट व्यवसायी संघ, रुपन्देहीका महासचिव समेत रहेका खनाल भन्छन्, ‘व्यवसायबाट पलायन हुने अवस्था आयो । आम्दानीको बाटो बन्द भयो । बैंकले ताकेता गरिराखेको छ । व्यवसायबाट उठिबास हुने अवस्था देखिएको छ ।’

Vianet communication
Laxmi Bank

पर्यटन क्षेत्र ‘लकडाउन’ खुल्नेबित्तिकै सञ्चालनमा आउँदैन । ६/८ महिना कुर्नुपर्छ । 

गत वर्ष पुसदेखि फागुनसम्म अलिअलि ग्राहक आउन थालेका थिए । चैत लागेपछि फेरि संक्रमण बढ्न थाल्यो । वैशाखबाट पूरै ठप्प भयो ।

‘कर्मचारीलाई तलब दिएरै राख्नुपर्छ, नत्र पछि खुलेपछि दक्ष कामदार नै पाइँदैन । १५ जना कामदारलाई अहिले तलब दिएरै राखेको छु,’ उनले भने ।

पाल्पाका जयराम सुवेदीले रूपन्देहीको तिलोत्तमामा वैशाख १२ गते होटल मदानीको उद्घाटन गरे, १६ गतेदेखि निषेधाज्ञाले सबै ठप्प भयो ।

होटलमा माकुराको जालो र ढुसी लागेको देखेर जयराम टोलाउँछन् ।

पहिले पर्यटन क्षेत्रमा हात हालेका जयरामले १० करोड रुपैयाँ एकल लगानीमा होटल सञ्चालनमा ल्याएका हुन् ।  

होटलका प्रबन्धक आयुष सुवेदीले भने, ‘होटल खुल्दाबित्तिकै बन्द हुनपुग्यो । व्यवसाय त ठप्प भयो भयो, होटलका सबै सामान बिग्रिने भए । बेडमा ढुसी लागिसक्यो ।’ 

आयुषले थपे, ‘बैंकमा करोडौं ऋण छ । संक्रमणको लहर शान्त भएर व्यवसायले पुनः गति लिने मिति कसैले भविष्यवाणी गर्न सक्ने अवस्थामा छैन । व्यवसायबाट टाट पल्टिने चिन्ता बढ्दै गएको छ । कोभिड संक्रमण कम हुँदै गए पनि पर्यटन क्षेत्र अझै कम्तिमा एक वर्ष कोरोनाको असरबाट पूर्णरूपमा बाहिर आउन मुस्किल छ ।’

आयुषको भन्दा कम पीडा निर्मला श्रेष्ठको पनि कम छैन ।

निर्मलाले होटलको सम्झौता गर्दा पनि बन्दाबन्दी थियो भने ओपन गर्दा पनि लकडाउन नै भयो । नेपालमै हस्पिटालिटीको सम्भावना देखेर उनीसहित ३ जनाको लगानीमा सञ्चालनमा आएको पर्यटकीय होटल दर्शनको दर्शन गर्न ग्राहक नआएको धेरै भयो ।

निर्मला भन्छिन्, ‘विचारको तछाडमछाडका बीच व्यवसायमा हात हालियो अब हात धुने अवस्था आयो । करोडौंको ब्याज र घरभाडाले तनाव छ ।’ 

कोरोना महामारीले अहिले हस्पिटालिटी क्षेत्र नराम्रोसँग धरासायी बनेको छ ।

महामारी तत्कालै पुरानो अवस्थामा फर्किने देखिँदैन । 

पर्यटन उद्योगलाई ब्याजदरमा सहुलियत दिएर व्यवसायीको मनोबल बढाउने वातावरण राज्यले सिर्जना गर्नुपर्ने अवस्था आएको छ । 

पर्यटन व्यवसायी गोपाल राना भन्छन्, ‘कतिपय उद्योगमा कर छूट पनि दिन सकिन्छ । पर्यटन क्षेत्रमा कोरोना सिर्जित असरबाट व्यवसायीलाई उकास्न लगानीकर्ता र व्यवसायीलाई प्रोत्साहनको नीति अगाडि सार्नुपर्ने आवश्यकता छ ।’ 

प्रदेशमा १० अर्बको क्षति 

लुम्बिनी प्रदेशमा साना ठूला गरी ११ हजार होटल तथा रेष्टुरेन्ट सञ्चालनमा छन् । तीमध्ये फाइभस्टार होटल ८ वटा छन् । स्टार लेभलका ५०० भन्दा बढी छन् । ती होटलमा खर्बौंको लगानी छ ।

होटल तथा रेष्टुरेन्ट व्यवसायी संघ लुम्बिनी प्रदेशका अध्यक्ष भास्कर काफ्लेले कोरोना कहरबाट लुम्बिनी प्रदेशमा १० अर्बको नोक्सान भएको बताए ।

यही अवस्था रहिरह्यो भने व्यवसायीलाई बाँच्न गाह्रो पर्ने उनको भनाइ छ ।

‘फेरि तेस्रो भेरिएन्ट आउने भन्छन्,’ काफ्लेले लोकान्तरसँग भने, ‘झण्डै १५ महिनादेखि स्टार लेभलका होटल त बन्द नै छन् । यही अवस्था अझै बढ्यो भने हस्पिटालिटी क्षेत्र शून्यमा झर्नेछ ।’

६० हजार मजदुर बेरोजगार 

११ हजार ५०० होटललमा ६० हजारभन्दा बढी रोजगार थिए । तिनीहरूमध्ये अहिले १० प्रतिशतमात्र मजदुरलाई होटल व्यवसायीले आधा तलब दिएर राखेका छन् । अन्य कर्मचारीलाई बिदाइ गरे । 

उनीहरू अहिले पूर्णरूपमा बेरोजगार रहेका छन् । 

काफ्ले भन्छन्, ‘मजदुरलाई व्यवसायीले कति महिना भन्ने पनि अनिश्चित भयो । तलब दिने आम्दानी एक रुपैयाँ पनि छैन । अवस्था दर्दनाक देखियो ।’

रूपन्देहीमा मात्रै तीन अर्बको क्षति

रूपन्देहीमा फाइभ स्टार होटल ५ वटा छन् । त्यस्तै फोर स्टार होटल १० वटा छन् भने स्टार लेभलका होटल झण्डै ३० भन्दा बढी छन् । 

होटल तथा रेष्टुरेन्ट व्यवसायी संघ रुपन्देहीका अध्यक्ष रामप्रसाद गौतमले रूपन्देहीमा मात्रै महामारीले ३ अर्ब रूपैयाँभन्दा बढीको क्षति भएको बताए ।

‘व्यवसायीको अवस्था त भनिसाध्ये छैन,’ गौतमले भने, ‘रूपन्देहीका धेरै व्यवसायी अब पलायन हुने अवस्थामा छन् । अवस्था डामाडोल छ । व्यवसायीहरू ऋणले तड्पिएका छन् । राज्यले केही सम्बोधन गर्दैन । देशको आर्थिक अवस्था चलायमान गराउने पर्यटन क्षेत्रलाई जोगाउन राज्यबाट केही पहल भएन ।’

उनले थपे, ‘आइसोलेसन र क्वारेन्टीन होटललाई बनाए पनि हुने । सञ्चालन गर्न नदिने राज्यको नीति ठीक भएन । अब अन्य क्षेत्रजस्तै विस्तारै अगाडि नबढाए पर्यटन क्षेत्र कहिल्यै उठ्न नसक्ने गरी थला पर्नेछ । अब पर्यटन क्षेत्रका मजदुरलाई पनि कोरोनाको खोप दिएर व्यवसायलाई लयमा फर्काउनुको विकल्प छैन ।’ 

रुपन्देहीमा साना ठूला गरी १ हजार ५०० भन्दा बढी होटल सञ्चालनमा छन् । 

भैरहवामा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनको तयारीसँगै यहाँ पर्यटन क्षेत्रमा ठूलो लगानी बढ्दै गएको छ । 

भैरहवामा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र लुम्बिनीलाई केन्द्रमा राखेर रूपन्देहीमा प्रत्येक वर्ष १५/२० वटा सुविधासम्पन्न होटल थपिँदै आएका छन् ।

अझै बुटवल–भैरहवा ‘सिक्स लेन’ सडक अहिले होटल ‘हब’ को रूपमा विकास भएको छ । यो क्षेत्र अहिले होटलको केन्द्र बनेको छ । व्यवसायी समुन्द्र जिसीले लुम्बिनी र भैरहवाको विमानस्थल निर्माण सम्पन्न हुने तयारीसँगै लुम्बिनीमा बाह्य पर्यटकको ओइरो लाग्ने आकलन गरी यस क्षेत्रको पर्यटनमा व्यवसायी झुम्मिएको बताए ।

काठमाडौं, पोखरापछि हस्पिटालिटीको तीब्र विकासका लागि रूपन्देही अगाडि आएको छ । जिसी भन्छन्, ‘पर्यटन क्षेत्रलाई पुनर्जागरणका लागि राज्यले ब्याजदर र घरभाडाका छुटको पहल गरेर पर्यटन क्षेत्रलाई विस्तारै चलायमान गराउनुपर्छ ।’ 

‘मौद्रिक नीतिले होटललाई सम्बोधन गर्नुपर्छ’ 

नेपाल राष्ट्र बैंक ल्याउन लागेको मौद्रिक नीति थला परेको पर्यटन क्षेत्रलाई केही भए पनि राहत हुने गरी आउने आशा व्यवसायीले आशा गरेको छन् ।

सिद्धार्थ होटल एसोसिएसनका अध्यक्ष चन्द्रप्रकाश श्रेष्ठ (सीपी)ले मौद्रिक नीतिले होटलको ब्याजदरमा सहुलियत दिनुपर्ने बताए ।

व्यवसायी बैंकको ब्याज, विद्युत् र डिमान्ड चार्ज समेत तिर्न सक्ने अवस्थामा नभएको उनको भनाइ छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १७, २०८०

विज्ञ समूहले दिएको सुझावसहितको प्रतिवेदन सम्बन्धमा मन्त्रिपरिषद्ले निर्णय गर्न ढिला गर्दा निजगढ विमानस्थल निर्माणको काम प्रभावित भएको छ । निजगढमा विमानस्थल बनाउन उपयुक्त रहेको भनेर विज्ञ समूहले प्रतिवेदन दिएको ए...

पुस ५, २०८०

काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले झन्डै १ अर्बको प्रोजेक्टमा नेपाल महिला उद्यमी महासंघसँगको पूर्वसम्झौता उल्लंघन गर्दै आफ्नी जेठीसासू अध्यक्ष रहेको संस्थासँग सम्झौता गरेको पाइएको छ । महिला ...

कात्तिक २४, २०८०

मिडियाकै हितविपरीत काम गरेर विवादमा तानिएको विज्ञापन बोर्डले दुई वर्षमा राज्यकोषमा २० करोड ३१ लाख रुपैयाँ बढी व्ययभार थपेको छ । मिडियाको हितविपरीत एकपछि अर्को निर्णय गरेको बोर्डले विगत दुई वर्षमा २० करोड ३१...

मंसिर ४, २०८०

कर्मचारीलाई तलब खुवाउन समेत नसक्ने अवस्थाबाट गुज्रेको नेपाल वायु सेवा निगम (एनएसी)ले आर्थिक अवस्था सुधारेर अन्तर्राष्ट्रिय उडानका लागि विमान खरिद गर्दा लिएको ऋणको किस्ता तिर्न शुरू गरेको छ । लामो समय घाटामा रहे...

पुस ८, २०८०

शनिवार राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल उद्योग परिसंघ (सीएनआई)द्वारा विराटनगरमा आयोजित कोशी प्रदेशको दोस्रो पदस्थापन समारोह कार्यक्रममा नेपालको अर्थतन्त्रमा देखिएको समस्याबारे आफू गम्भीर रहेको बताए । उनले आन्त...

फागुन २९, २०८०

एक वर्षको बीचमा भएको १३८ किलो सुन तस्करीका नाइके जीवनकुमार गुरुङ हाल अर्थ मन्त्रालय मातहत रहेको भन्सार विभागको हिरासतमा छन् । लामो समय फरार रहेका गुरुङलाई यही फागुन १४ गते काठमाडौंको सामाखुशी क्षेत्रबाट ...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x