×

NMB BANK
NIC ASIA

नाम फेरेर सांसदलाई बजेट

लुम्बिनी सरकारको चलाखी : ढोका छलेर ‘झ्यालबाट’ सांसदलाई जनही २ करोड बजेट !

असार १०, २०७८

NTC
Sarbottam
Premier Steels
Marvel

संघीय सरकारले खारेज गरेको सांसद विकास कोष कार्यक्रम लुम्बिनी प्रदेश सरकारले घुमाउरो पाराले बजेटमा समावेश गरेको छ ।

Muktinath Bank

प्रदेश सरकारले हालै ल्याएको बजेटमा मोडालिटी फेरेर दुई प्रकारका योजना अगाडि सारेको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

जनताबाटै विरोध भएको प्रदेश निर्वाचन क्षेत्र विकास कार्यक्रम र जनतासँग जनप्रतिनिधि कार्यक्रम ल्याएर सांसदलाई ‘पकेट मनी’ उपलब्ध गराएको झल्को दिएको छ ।


Advertisment
Nabil box
Kumari

प्रदेश सरकारले सांसदलाई लक्षित गरी झण्डै दुई अर्बभन्दा बढी बजेट विनियोजन गरेको हो । नीति तथा कार्यक्रम र बजेटमा सुइँको समेत नदिई प्रदेश सरकारले चोर बाटोबाट सांसदकेन्द्रित बजेट ल्याएको देखिन्छ ।

Vianet communication
Laxmi Bank

असार १ गते बजेट सार्वजनिक गर्दा उक्त कार्यक्रम समावेश नभए पनि वार्षिक बजेट पुस्तिका (रातो किताब) उक्त कार्यक्रम समावेश गरिएको छ । ढोका छलेर सरकारले झ्यालबाट सांसदलाई बजेट उपलब्ध गराएको छ ।

प्रदेश निर्वाचन क्षेत्र विकास कार्यक्रमको लागि १ अर्ब ४० करोड ५० लाख र  जनतासँग जनप्रतिनिधि कार्यक्रम नाममा ४३ करोड ५० लाख रुपैयाँ बजेट छुट्ट्याएको छ । यो बजेट प्रदेशका प्रत्यक्ष निर्वाचित ५२ वटा निर्वाचित क्षेत्रका सांसदका लागि २ करोडका दरले वितरण गरिएको छ ।

त्यस्तै प्रदेशसभाका प्रत्यक्ष र समानुपातिक गरी ८७ सांसदलाई लक्षित गरेर जनतासँग जनप्रतिनिधि कार्यक्रमका लागि ४३ करोड ५० लाख बजेट छ । यो बजेट एक जना सांसदलाई ५० लाखका दरले हुन आउँछ ।

यसरी प्रदेश सरकार सांसदलाई आफूखुसी खर्च गर्ने गरी बजेट छुट्याएको छ । राज्यको रकम व्यक्तिमार्फत खर्च गर्न नहुने भन्दै जनताले विरोध गरेका छन् । 

नीति तथा कार्यक्रम र बजेट वक्तव्यमा भने प्रदेश सरकारले यो विषयलाई लुकाएको थियो । अहिले प्रदेशसभा ८३ जनामात्र सांसद छन् । 

रिक्त रहेका ४ सांसदलाई समेत जोडेर बजेट छुट्याइएको छ । आर्थिक मामिला तथा योजना मन्त्री बैजनाथ चौधरीले सांसदलक्षित बजेट छुट्ट्याइए पनि बजेट उनीहरूले आफूखुसी खर्च गर्न नपाउने बताए ।

‘यी दुई कार्यक्रमको बजेट खर्च गर्ने निर्देशिका बनाउँदैछौं,’ मन्त्री चौधरीले लोकान्तरसँग भने, ‘चुनावको बेला आयो । माननीयज्यूहरूको पनि बजेट माग भयो । त्यही भएर यी कार्यक्रम समावेश भएका हुन् । तर, बजेट सांसद आफैँले खर्च गर्न पाउनुहुन्न । त्यहीँ अनुसारको निर्देशिका हामी तयार गर्दैछौं ।’

मन्त्रालय मातहतका सडक, खानेपानी, पूर्वाधार लगायतका डिभिजन मातहत नै बजेट खर्च हुने सरकारका प्रवक्ता समेत रहेका चौधरीले स्पष्ट पारे ।

रातो किताबमा अर्थ विविध शीर्षकमा यी दुई कार्यक्रमलाई समावेश गरिएको छ । 

मुख्यमन्त्री शंकर पोखरेलले संघीय सरकारमा जस्तै गरी सांसदका लागि बजेट माग गर्दा त्यसले गलत सन्देश जाने भन्दै सांसद लक्षित बजेट ल्याउन नहुने बताउँदै आएका थिए । 

बजेट निर्माणमा सहभागी आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव बाबुराम गौतमले नियमित (रेगुलर) कार्यक्रमले समेट्न नसकेका योजनाका लागि  भनेर प्रदेश निर्वाचन क्षेत्र विकास कार्यक्रम र जनतासँग जनप्रतिनिधि कार्यक्रम आएका बताए ।

‘पैसा बाँड्दै हिँड्ने कार्यक्रम यी होइनन्,’ गौतमले लोकान्तरसँग भने, ‘छुटेका विषय सम्बोधन गर्ने हो । योजनाका लागि पैसा दिने हो । यसमा जनप्रतिनिधिको पनि भूमिका रहन्छ । गतल ठाउँमा बजेट प्रयोग/दुरुपयोग हुँदैन ।’

तत्कालीन सत्तासीन सांसदहरूले संसदमै वडाअध्यक्ष जति पनि हैसियत नभएकाले सांसदका नाममा बजेट ल्याउन माग गरेका थिए ।

प्रदेश सभामा हाल सत्तासीन एमालेका ३८, कांग्रेसका १९, माओवादीका १८, जनता समाजवादी पार्टी (जसपा) महन्त ठाकुर पक्षका ४, उपेन्द्र यादव पक्षका २ र राष्ट्रिय जनमोर्चाका १ सांसद छन् । 

आर्थिक मामिला मन्त्रालयको समेत जिम्मेवारी समालेको समयमा मुख्यमन्त्री पोखरेलले सांसदका नाममा छुट्टै बजेट ल्याउन नहुने बरू सांसदको सिफारिशका योजना समावेश गर्ने गरी बजेट तय गर्ने गरेका थिए । 

अधिवक्ता महेन्द्रप्रसाद पाण्डेले प्रदेश सरकार कोरोनाले थला परेका जनतालाई बचाउनेतर्फ भन्दा सांसदको चित्त बुझाउने बाटोमा सरकार हिँडिरहेको बताए ।  

उनले भने, ‘कोभिड–१९ ले हामी आक्रान्त छ । देश आर्थिक रूपमा थला परिरहेको समयमा पनि यो कार्यक्रम ल्याइनु राम्रो होइन ।’

विगतमा सांसद लक्षित गरी बजेट आएको थिएन । 

नेपाली कांग्रेसका प्रमुख सचेतक फकरुद्धिन खाँनले सरकारले चोर बाटोबाट संसद विकास कोष जस्तो आफ्ना सांसद र मन्त्रीलाई लाभ हुने कार्यक्रम ल्याएको आरोप लगाए ।

‘यो कार्यक्रमप्रति हाम्रो विरोध छ,’ खाँनले भने, ‘सांसद आफ्ना धेरै छन् । आफू अनुकूलको बजेट ल्याएको छ । त्यसको प्रत्यक्ष लाभ सत्तारुढ एमालेले लिनेछ । हामी यो कार्यक्रमको विरोधमा छौं ।’

सरकारले कोरोना नियन्त्रण, खोप खरिद जस्ता विषयलाई भन्दा कार्यकर्ता भर्ना गर्नेगरी चुनावलक्षित बजेट ल्याएको उनको टिप्पणी छ ।

सांसदका लागि बजेट आवश्यक छ भन्नेमा भने विपक्षी दलहरूको समेत मौन समर्थन छ । 

माओवादी केन्द्रका प्रमुख सचेतक तुलाराम घर्ती मगरले चुनावको बेलामा सांसदलक्षित बजेट जनतालाई प्रभावमा पार्ने नियतले आएको बताए । 

‘हाम्रो त यो बजेटप्रति कुनै चासो नै छैन, सरकार अल्पमतमा छ । वैकल्पिक सरकार गठनमा जुटेका छौं,’ उनले भने ।

सत्तासीन सांसदहरूले भने सरकारले सांसदका लागि बजेट छुट्याउनु सकरात्मक रहेको बताएका छन् ।

प्रदेश सरकारले आर्थिक वर्ष २०७८/०७९ का लागि ४० अर्ब ९५ करोड ९७ लाख रुपैयाँको बजेट ल्याएको छ ।

यो बजेट चालू आर्थिक वर्षको भन्दा ४ अर्ब ६१ करोड भन्दा बढीको हो । 

hAMROPATRO BELOW NEWS
TATA Below
माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x