×

NMB BANK
NIC ASIA

रेडक्रसको अन्तर्राष्ट्रिय सञ्जालद्वारा नेपाल रेडक्रसलाई अक्सिजन कन्सन्ट्रेटर सहयोग

असार १०, २०७८

NTC
Sarbottam
Premier Steels
Marvel

रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीहरूको अन्तरराष्ट्रिय महासङ्घले नेपाल रेडक्रस सोसाइटीलाई एकसय ‘अक्सिजन कन्सन्ट्रेटर र स्पेयर पार्टस’ सहयोग गरेको छ ।

Muktinath Bank

महासङ्घको एसिया प्यासेफिक कार्यालय क्वालालाम्पुरका पहलमा ती स्वास्थ्य सामग्री प्राप्त भएको जनाइएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

महासङ्घका नेपाल प्रमुख अजमत उल्लाले सोसाइटीका अध्यक्ष डा नेत्र तिम्सिनालाई  ती सामग्री हस्तान्तरण गरे ।


Advertisment
Nabil box
Kumari

महासङ्घका नेपाल प्रमुख उल्लाले व्यक्तिगत सुरक्षा सामाग्री लगायत कोभिड–१९  प्रतिकार्यका लागि अन्य सहयोग निरन्तर रहने जानकारी दिँदै महामारीको रोकथाम तथा प्रतिकार्यका लागि नेरेसोका स्वयंसेवक तथा कर्मचारीले महत्वपूर्ण काम गरिरहेको जानकारी दिए ।

Vianet communication
Laxmi Bank

सोसाइटीका अध्यक्ष डा नेत्रप्रसाद तिम्सिनाले कोरोना सङ्क्रमण दर बढी भएका ग्रामीण तथा पहाडी क्षेत्रमा हस्तान्तरित सामग्री प्रदान गरिने बताए ।

 महामन्त्री पिताम्बर अर्यालले महामारीका समयमा अक्सिजन कै अभावमा कोभिडका बिरामीले ज्यान गुमाउनु पर्ने अवस्थाको कमी गर्न साझेदार निकायको सहयोग ज्यादै नै प्रशंसनीय रहेको छ, भने ।

उनले  विपद पूर्वतयारी र पुनर्लाभको क्षेत्रमा नेपाल रेडक्रसले प्रभावकारी सेवा पु¥याउँदै आएको र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका समन्वयमा अक्सिजन प्लान्ट नभएका अस्पतालमा  कन्सन्ट्रेटर र स्पेयर पार्टस् वितरण गरिने जानकारी दिए ।

सोसाइटीका कार्यकारी निर्देशक उमेशप्रसाद ढकालले देशको सबैभन्दा ठूलो मानवीय सञ्जाल भएको  संस्था नेपाल रेडक्रसले कोभिड महामारीको शुरुआती अवस्थादेखि नै आफ्ना स्वयंसेवक तथा कर्मचारीका सहयोगमा रोकथाम तथा प्रतिकार्य सञ्चालन गर्दै आएको बताए ।

सो अक्सिजन कन्सन्ट्रेट दश लिटरका रहेका जनाइएको छ ।  यसले अक्सिजन प्लान्ट नभएका अस्पतालमा कोरोनाका बिरामीलाई उपचार गर्न सहयोग गर्ने बताइएको छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x