×

NMB BANK
NIC ASIA

बजेटभन्दा अन्तर्राष्ट्रिय व्यापार ठूलो

असार ११, २०७८

NTC
Sarbottam
तस्वीर सौजन्य : गोरखापत्र दैनिक
Premier Steels
Marvel

आयात र निर्यात निरन्तर उकालो लाग्दा नेपालको कुल अन्तर्राष्ट्रिय व्यापार १५ खर्ब नाघेको छ । यो चालू आर्थिक वर्ष २०७७/७८ को कुल बजेटको आकारभन्दा पनि ठूलो हो ।

Sagarmatha Cement
Muktinath Bank

भन्सार विभागका अनुसार चालू आर्थिक वर्ष २०७७/७८ को जेठसम्म अघिल्लो वर्षको सोही अवधिको तुलनामा कुल व्यापार २६.५६ प्रतिशतले बढेर १५ खर्ब चार अर्ब ६१ करोड रुपियाँ पुगेको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

अघिल्लो जेठको तुलनामा आयात करिब २६ प्रतिशत र निर्यात ३८ प्रतिशतले बढ्दा ११ महिनामै बजेटको आकारभन्दा कुल व्यापार बढी हुन पुगेको हो । सरकारले चालू आवका लागि कुल १४ खर्ब ७४ अर्ब ६५ करोड रुपियाँ बजेट विनियोजन गरेको थियो ।


Advertisment
Nabil box
Kumari

कुल व्यापारमध्ये आयातको हिस्सा ९१.९४ प्रतिशत अर्थात् १३ खर्ब ८३ अर्ब ३६ करोड रुपियाँ रहेको छ । त्यस्तै निर्यातको हिस्सा ८.०६ प्रतिशत रहेको छ । जुन एक खर्ब २१ अर्ब २५ करोड रुपियाँ हुन आउँछ । कोभिड–१९ सङ्क्रमणको झन् सङ्क्रामक दोस्रो लहरबीच पनि नेपालको अन्तर्राष्ट्रिय व्यापारको लय उकालो नै लागिरहेको विभागको तथ्याङ्कले पुष्टि गर्छ । व्यापारसँग सम्बन्धित प्रायः सबै सूचक बढेको पनि विभागको तथ्याङ्कले देखाउँछ ।

Vianet communication
Laxmi Bank

कुल व्यापारमा निकै ठूलो हिस्सा रहेको आयातको वृद्धिदर कायम नै रहँदा व्यापार घाटा पनि फराकिलो हुँदै गएको छ । तथ्याङ्कअनुसार गत जेठको तुलनामा यस्तो घाटा २४.६१ प्रतिशतले बढेर १२ खर्ब ६२ अर्ब ११ करोड रुपियाँ पुगेको छ । अघिल्लो जेठमा व्यापार घाटा १० खर्ब १२ अर्ब रुपियाँ थियो ।

वस्तुगत रूपमा कुल आयातमध्ये सबैभन्दा धेरै ७९ अर्ब ४५ करोड रुपियाँको डिजेल आयात भएको छ । त्यसपछि ६५ अर्ब २३ करोड रुपियाँको अर्धप्रशोधित फलाम तथा स्टिल, ४४ अर्ब ६२ करोड रुपियाँको कच्चा
भटमास तेल, ३४ अर्ब १४ करोड रुपियाँको मोबाइल फोन र ३३ अर्ब १५ करोड रुपियाँको एलपी ग्यास आयात भएको छ ।

निर्याततर्फ सबैभन्दा धेरै ४२ अर्ब ३४ करोड रुपियाँको भटमास तेल निर्यात भएको छ । त्यसपछि छ अर्ब ६१ करोड रुपियाँको अलैँची, तीन अर्ब ४८ करोड रुपियाँको गलैँचा, तीन अर्ब २३ करोड रुपियाँको ऊनी कपडा र तीन अर्ब १३ करोड रुपियाँको कालो चिया निर्यात भएको छ ।

चीनसँग उच्च व्यापार घाटा
त्यसो त नेपालको अन्तर्राष्ट्रिय व्यापार दशकौँदेखि घाटामै चलिरहेको छ । भूपरिवेष्ठित मुलुकका रूपमा सामुद्रिक बन्दरगाहसम्म पहुँच नहुँदा छिमेकी देशहरूसँगको निर्भरता पछिल्लो वर्ष झन्झन् बढ्न थालेको तथ्याङ्कले पनि पुष्टि गर्छ । कोभिड–१० सङ्क्रमणकै अवस्थामा पनि व्यापार घाटा चुलिँदो छ । नेपालको अन्तर्राष्ट्रिय व्यापारमा ८० प्रतिशतभन्दा बढी हिस्सा राख्ने छिमेकी मुलुक भारत र चीनमै घाटाको खाडल झन् गहिरिँदो छ ।

भन्सार विभागको पछिल्लो तथ्याङ्कअनुसार चालू आवको जेठसम्म भारत र चीनसँग नेपालको अन्तर्राष्ट्रिय व्यापारको आकार ११ खर्ब ८८ करोड रुपियाँ नाघेको छ । जब कि सबै देशसँग गरेर कुल अन्तर्राष्ट्रिय व्यापारको आकार १५ खर्ब चार अर्ब रुपियाँ रहेको छ अर्थात् भारत र चीनबाहेक बाँकी सबै देशसँगको कुल व्यापार केवल तीन खर्ब रुपियाँ मात्र देखिन्छ ।

दुई छिमेकी देशमध्ये पनि चीनसँगको व्यापार निकै असमान देखिन्छ । चीनबाट दुई खर्ब १० करोड रुपियाँको आयात हुँदा जम्मा ९४ करोड रुपियाँको मात्र निर्यात भएको छ अर्थात् निर्यातको तुलनामा आयात २२४ गुणाले बढी छ । यसले चीनसँग नेपालको व्यापार घाटा उच्च देखाउँछ । तथ्याङ्कअनुसार चीनसँग दुई खर्ब नौ अर्ब रुपियाँको व्यापार घाटा भएको देखिन्छ ।

भारत भने आठ खर्ब ८६ करोड रुपियाँको आयात हुँदा ९० अर्ब १९ करोड रुपियाँको निर्यात भएको छ । रकमको हिसाबले भारतसँग सबैभन्दा बढी व्यापार घाटा रहेको छ तर अनुपात भने चीनको तुलनामा कम छ अर्थात् निर्यातको तुलनामा आयात १० गुणाले बढी छ । गोरखापत्र दैनिकमा खबर छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन १५, २०७४

बुटवल, १५ फागुन-  भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ३५ जना चिनियाँसहित २ सय मजदुर काम गरिरहेका छन् । केही निर्माण उपकरण र मेसिनरी यन्त्र थपिएका छन् । द्रुतगतिमा कच्चा पदार्थ संकलन भएको छ । च...

कात्तिक २४, २०८०

सवारीसाधन  सुविधा  प्राप्त  गर्ने  कर्मचारीलाई  इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...

माघ २४, २०८०

कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान  सुरु  गरेको  छ  ।  पोखराको  सूर्यदर्शन  बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...

माघ ३, २०८०

चालुु  आर्थिक  वर्ष  २०८०/८१  मा  नेपाली  श्रमिकका लागि मलेसियाको रोजगारी घटेको छ । गत आव २०७९/८० मा पहिलो श्रम गन्तव्य देश बनेको मलेसिया चालुु आवमा क्रमशः घटेर तेस्रो र चौथो ...

मंसिर २५, २०८०

अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जिवितै रहेको पाइएको छ। विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा...

कात्तिक २३, २०७८

विशेष  आर्थिक  क्षेत्र  (सेज)भित्र मदिरा,  सुर्तीजन्य  र  विस्फोटक  पदार्थ  उत्पादन  गर्ने  उद्योग स्थापना  गर्न  नपाइने  भएको  छ।  विश...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x