केही स्थानमा भारी वर्षा, कोशी,कमला लगायतका नदी क्षेत्रमा सतर्कता अपनाउन सुझाव

शुक्रवार बिहान मुलुकका केही स्थानहरूमा भारी वर्षा भइरहेको छ । 

मौसम विभाग अन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले शुक्रवार बिहान एक सूचना जारी गर्दै केही स्थानमा भारी वर्षा भइरहेको जनाएको हो ।


Advertisement

महाशाखाका अनुसार, पछिल्लो ३ घण्टामा नवलपुर स्थित आरूण बतासा वर्षामापन केन्द्रमा भारी वर्षामापन भएको छ ।

आरूणखोला लगायतका स-साना नदीहरूमा आकस्मिक बाढी आउन सक्ने पूर्वानुमान गरिएको महाशाखाले जनाएको छ । 

महाशाखाले सो तटीय क्षेत्रमा दिउँसो सम्म सतर्कता अपनाउन आग्रह गरेको छ । 

यस्तै शुक्रवार कन्काई,कोशी,कमला,बागमती जलाधारका केहि स-साना सहायक नदीमा क्षणिक मध्यम/भारी बर्षा हुने महाशाखाको अनुमान छ ।

महाशाखाले सो क्षेत्रमा पानीको बहाब केहि बढ्ने तथा केही साना नदीमा आकस्मिक बहाब हुन सक्ने भन्दै नदी तटीय क्षेत्रका क्रियाकलापमा सतर्कता अपनाउन आग्रह गरेको छ। 
 

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्