प्रचण्डप्रति सूर्य थापाको कटाक्ष – …अनि राष्ट्रपतिभन्दा उहाँलाई राजा मन नपरोस् त ?

प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले पुष्पकमल दाहाल 'प्रचण्ड' र माओवादी केन्द्र नै वैधानिक नभएको टिप्पणी गरेका छन् ।

पार्टीको महाधिवेशन नगरी चलेकाले प्रचण्ड र माओवादी केन्द्र वैधानिक नभएको उनले शुक्रवार सामाजिक सञ्जालमा लेख्दै जनाएका छन् ।


Advertisement

उनले भनेका छन्,'पार्टीको महाधिवेशन नगरी चलेकाले अध्यक्ष प्रचण्ड र माके पार्टी नै वैधानिक छैनन्। निर्वाचन आयाेग,प्रचण्ड र माके (माओवादी केन्द्र) काे अविलम्ब ध्यानाकर्षण हुनुपर्छ। २०७५ जेठ ३ यताकाे ३ वर्ष शून्य अवधि र थप समय पाउँदा पनि छ महिनायता प्रचण्ड स्वयं अवैध भइसकेछन्। अनि राष्ट्रपतिभन्दा उहाँलाई राजा मन नपराेस् त?'

उनलर्पा र्टी वैधानिक हुन अनिवार्यत: कानून परिपालना गरेकाे हुनैपर्ने बताउँदै गैरकानुनी रूपमा चल्दै अरूलाई प्रश्न उठाउन नमिल्ने बताएका छन् ।

उनले भनेका छन्,'कानुनीराजकाे बर्खिलापका कार्य दण्डनीय छन् । प्रभु साहजीले उठाएको प्रश्न अत्यन्त जायज छ। बैधानिक हैसियतबिना प्रचण्ड, माधव नेपाल र उपेन्द्र यादवका कार्यहरू नै अवैध छन्।'

 

 

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्