हाम्रो पात्रोको प्रबन्ध निर्देशकमा सुदिना गौतम नियुक्त

नेपालको लोकप्रिय एप हाम्रो पात्रोको व्यवस्थापकीय प्रमुखमा सुदिना गौतम नियुक्त भएकी छन् ।

बि.सं २०७० साल यता हाम्रो पात्रोमा प्रशासन विभाग प्रमुख रहेकी गौतमलाई कम्पनीको प्रबन्ध निर्देशकमा पदोन्नति गरिएको कम्पनीले जनाएको छ  । 


Advertisement

हाम्रो पात्रोका लागि व्यवस्थापक तथा सम्पादक गौतम नेपालस्थित एकमात्र आधिकारीक प्रतिनिधि एवम् सम्पर्क व्यक्ति रहेको कम्पनीले जनाएको  छ।

हाम्रो पात्रोले साझेदार सञ्चारमाध्यमहरूलाई कम्पनीसँगको सम्झौता पुनः नवीकरणका लागि सम्पर्क गर्न समेत आग्रह गरेको छ । 

कम्पनीले हाम्रो पात्रो एपलाई अझ बढी परिष्कृत, गतिशील र प्रयोगकर्ताका लागि रुचीकर फिचरहरू थप गर्दै लगिने प्रतिवद्धता व्यक्त गरेको छ ।

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्