×

NMB BANK
NIC ASIA

कांग्रेसमा नयाँ गठबन्धनको कसरत

विमलेन्द्र, शशांक र प्रकाशमानले भने– 'हाम्रो छलफलले कार्यकर्ता उत्साहित छन्'

असार ११, २०७८

NTC
Sarbottam
Premier Steels
Marvel

आसन्न १४ औं महाधिवेशनमा सभापतिमा उठ्ने बताएका नेपाली कांग्रेसका तीन नेता उपसभापति विमलेन्द्र निधि, महामन्त्री डा शशांक कोइराला र नेता प्रकाशमान सिंहबीच शुक्रवार दोस्रोपटक छलफल भएको छ । असार ८ गते मंगलवार निधिको निवासमा यी तीन नेताको छलफल भएको थियो । 

Muktinath Bank

महामन्त्री कोइरालाको निवास महाराजगञ्जमा शुक्रवार मध्यान्ह भएको छलफल महाधिवेशनमा नयाँ समीकरण बनाएर जान विषयमा छलफल भएको नेताहरुले बताएका छन् । तर, उनीहरूबीच कुनै सहमति जुटिसकेको छैन । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

शुक्रवारको छलफलपछि नेता निधिले आफूहरूबीचको छलफलले देशभरका कार्यकर्तामा उत्साह थपिएको बताए ।


Advertisment
Nabil box
Kumari

नेता प्रकाशमान सिंहले पनि छलफल सकारात्मक रहेको र आगामी दिनमा पुनः छलफल गरिने बताए । 

Vianet communication
Laxmi Bank

कांग्रेस संस्थापक नेताहरू बीपी कोइराला, गणेशमान सिंह र महेन्द्र नारायण निधिका परिवारका सदस्यहरूको गठजोडले कांग्रेसमा नयाँ तरंग सिर्जना गरेको छ ।

महामन्त्री कोइरालाले आफूहरुले थप छलफल गर्ने बताएका छन् । 

लामो समय सभापति शेरबहादुर देउवाको क्याम्पमा रहेका निधिले सभापतिमा उठ्ने अठोट लिएपछि कांग्रेसमा समीकरण परिवर्तनको संकेत देखिएको हो । कांग्रेसको महाधिवेशन भदौ १६ देखि १९ गतेसम्म काठमाडौंमा हुँदैछ । 

सभापतिका लागि केन्द्रीय सदस्य डा. शेखर कोइरालाले लामो समयदेखि गृहकार्य गरिरहेका छन् ।

नेत्री सुजाता कोइरालाले पनि सभापतिमा उठ्ने दाबी गरेकी छिन् । 

तर, कोइराला परिवारबाट एकमात्र उम्मेदवार बनाउने गरी गृहकार्य भइरहेको स्रोतको भनाइ छ ।

यसअघि शशांकलाई महामन्त्रीमा समर्थन गरेका शेखरले यसपटक आफूलाई सघाउन शशांकलाई आग्रह गरिरहेको स्रोतले बतायो । 

कोइराला परिवारबाट एउटा मात्र उम्मेदवार बनाउने रणनीति स्वरूप नै सुजाता कोइराले दाबी गरेको सम्बद्ध स्रोतले दाबी गर्‍यो । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x