पछिल्लो २४ घन्टामा १४ हजार ३५१ जनामा परीक्षण गर्दा २ हजार ४७६ मा संक्रमण, २७ संक्रमितको मृत्यु

पछिल्लो २४ घन्टामा मुलुकभर २ हजार ४ सय ७६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

१४ हजार ३ सय ५१ पीसीआर तथा एन्टिजेन परीक्षण गर्दा सो संख्यामा कोरोना संक्रमण पाइएको शुक्रवार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।


Advertisement

यससँगै हालसम्म मुलुकभर कोरोना संक्रमितको संख्या ६ लाख ६१ हजार ८ सय ४१ पुगेको छ ।

शुक्रवार ५ हजार ४ सय ५५ संक्रमित निको भएका छन्  । यससँगै हालसम्म कोरोना संक्रमण पछि निको हुनेको संख्या ५ लाख ७६ हजार ४ सय १३ पुगेको छ । 

यस दिन २७ संक्रमितको मृत्यु भएको छ । 

यससँगै मुलुकभर हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या ८ हजार ९ सय ४५ पुगेको छ । 

 

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्