प्रचण्डलाई लक्षित गर्दै ओलीले भने– ‘भोलिपल्ट कुखुरो हराउनु छ, अघिल्लो दिन स्याल करायो’

फाइल फोटो

प्रधानमन्त्री केपी शर्मा ओलीले पछि नियुक्त गरिएका मन्त्रीलाई भोलि अदालतले हटाउँछ भनेर अघिल्लै दिन प्रचण्डले भन्नु गम्भीर विषय भएको टिप्पणी गरेका छन् ।

उनले पछिल्लो समय चर्चामा रहेको शब्द ‘सेटिङ’ हो कि भनेर प्रश्न समेत गरे । 


Advertisement

‘एक जनाले पछि नियुक्त गरिएका मन्त्री भोलि अदालतले हटाउँदैछ भन्ने सूचना मैले पाएको छु, भने । यहाँ न्याय निष्पक्ष निरुपण भयो कि अरू नै हिसाबले ?’ परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानले शुक्रवार बालुवाटारमा आयोजना गरेको कार्यक्रममा ओलीले भने, ‘एउटा हल्ला चार्चा छ नि सेटिङ भन्ने । भोलिपल्ट कुखुरो हराउनु छ भने अघिल्लो दिन धादिङमा स्याल करायो । कसरी त्यो भयो त ? गम्भीर कुरा छ ।’

सर्वोच्च अदालतले जेठ २१ र २७ गते नियुक्त भएका मन्त्रीलाई पदमुक्त गर्ने आदेश गरेको अघिल्लो दिन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले त्यस्तो सूचना सार्वजनिक गरेका थिए । 

ओलीले प्रचण्डको नाम नलिई पहिल्यै यस्तो फैसला आउँदैछ भन्ने जानकारी कसरी प्राप्त भयो भनेर प्रश्न गरे । 

ओलीले राजनीतिक विषयको टुंगो अदालतबाट खोज्ने गलत प्रवृत्ति शुरू भएको बताए । 

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्