कालीगण्डकी तिनाउ डाइभर्सन कार्यालयको उद्घाटन गर्न अर्थमन्त्री पौडेल बुटवल आउँदै

प्रकाश आचार्य
प्रकाश आचार्य

लोकान्तर संवाददाता आचार्य लुम्बिनी प्रदेशबाट रिपोर्टिङ गर्छन् ।

अर्थमन्त्री विष्णु पौडेल शनिवार बिहान बुटवल आउने भएका छन् ।

कालिगण्डकी तिनाउ बहुउद्देश्यीय डाइभर्सन बहुउद्देश्यीय आयोजनाको कार्यालयको उद्घाटन गर्न पौडेल रूपन्देही आउन लागेका हुन् । 


Advertisement

बिहीवार मात्रै गृह, उद्योग वाणिज्य तथा आपूर्ति उर्जा जलश्रोत तथा सिंचाई मन्त्रालयको जिम्मेवारी पौडेलले पाएका छन् । पौडेलले विगत एक दशकभन्दा बढी समयदेखि उठाउँदै आएको डाइभर्सनको कार्यालय बुटवल कालिकानगरमा उद्घाटन गर्नेछन् । 

कार्यालय प्रमुख सुन्तोष कैनीले कार्यालय स्थापनासँगै अब आयोजनाको डीपीआर तयारीमा लागिने बताए ।

‘शनिबार अर्थमन्त्री ज्यूले कार्यालय उद्घाटन गर्दै हुनुहुन्छ,’ कैनीले लोकान्तरसँग भने, ‘साउनपछि आयोजनाको काम तीब्र रूपमा अगाडि बढ्ने छ ।’ आर्थिक वर्ष २०७८/७९ को बजेटमा पनि बजेट समावेश गरी आयोजना अगाडि बढाइने उल्लेख गरिएको छ । 

पौडेलले निरन्तर रुपमा कालीगण्डकी नदीलाई डाइभर्सन गरेर तिनाउ नदीमा मिसाई रुपन्देही कपिलवस्तु र नवलपरासीको खेतीयोग्य जमिन सिंचाई गर्ने बताउँदै आएका छन् ।

कार्यालयको उद्घाटनपछि सुख्खानगर स्थित पुष्पलाल भवनमा रहेको पार्टी कार्यालयमा पार्टी कार्यकर्ताहरूसँग भेटघाट गर्ने कार्यक्रम पनि रहेको छ । 

प्रकाश आचार्य
प्रकाश आचार्य

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्