असोज १०, २०८०
गुणराज ढकाल सामाजिक सञ्जालमा अभ्यस्त हुन थालेपछि अध्ययन गर्ने बानी निकै घटेको छ । सामाजिक सञ्जालमा आउने टिप्पणीबाटै हामीले आफ्नो दृष्टिकोण बनाउने गर्दछौं । विषयको गहिराइसम्म पुगेर अध्ययन तथा विश्लेषण गर...
वास्तविक नाम पुरूषोत्तम भण्डारी । गाउँघरमा बोलीचालीको भाषामा सजिलोका लागि उनलाई ‘पुर्खे’ भन्ने गरिन्थ्यो । बुवा ५८ वर्षका हुँदा जन्मिएका भण्डारी बुवालाई चिन्नेबुझ्ने हुँदा वृद्धको रूपमा देखे ।
ठट्यौली शैलीमा बोल्ने बुवाको स्वभावले पुरुषोत्तमलाई पनि तान्यो । बुवाबाटै उनले ठट्यौली पारा सिके । बिस्तारै उनी वृद्ध मानिसको ‘क्यारिकेचर’ र अभिनय गर्न थाले अर्थात् बुढ्यौली स्वर निकाल्न थाले ।
त्यहीँ बाटोबाट भण्डारीले रेडियो, टेलिभिजनमा वृद्धको अभिनय र स्वरबाट हास्य व्यंग्यमा पाइला चाले । कलाकारिता क्षेत्रमा ‘पुर्खे बा’ अहिले स्टेज/मञ्चमा निकै जमेका छन् । अहिले उनी ‘पुर्खे बा’ उपनामले चिनिन्छन् ।
पुरूषोत्तमभन्दा पनि अहिले ‘पुर्खे बा’को नाममा उनको चर्चा गाउँदेखि शहरसम्म छ । साबिक लुम्बिनी अञ्चलमा हास्य क्षेत्रमा एक्लै प्रवेश गरेका उनी अहिले हास्य कलाकारको अग्रपंक्तिमा आउँछन् यस क्षेत्रमा ।
स्थानीय टेलिभिजनबाट दर्शक र स्रोताले रूचाएपछि उनको चर्चा निकै चुलियो । कोरोनाकाल अगाडि उनको व्यस्तता निकै थियो । महामारीले पछिल्ला एक/डेढ वर्ष मेला महोत्सव भने चलेका छैनन् ।
२ वर्ष उनले नेपाल टेलिभिजन (एनटीभी प्लस) मा लोकदोहोरी गीतको झंकार कार्यक्रम पनि सञ्चालन गरे । दर्शकको मायाले कलाकारितालाई निरन्तरता दिन सकिएको भण्डारी बताउँछन् । ‘यो क्षेत्रमा लाग्न मेरो प्रेरणाको स्रोत बुवा नै हो,’ भण्डारी भन्छन्, ‘उहाँबाटै मैले गाउँले शब्द, लवज टपक्कै टिपें र त्यहीँ लवजले हास्य क्षेत्र प्रहसन अगाडि बढें ।’
पछिल्लो समय ‘स्टेज’ कार्यक्रमका लागि आफूलाई धेरै अफर आउने गरेको पुरूषोत्तम बताउँछन् । सेतै फुलेको दाह्री । जय श्रीराम लेखेको पहेलो पछ्यौरा । फाटेको टोपी र उस्तै दौरा सुुरुवाल उनले अभिनयमा देख्न सकिन्छ ।
यो प्रस्तुुति हेर्दा साँच्चै उनलाई ७० वर्ष उमेर पार गरेको वृद्ध जस्तै देखिन्छ । ‘वृद्धको भेष, लवज र स्वरमा प्रस्तुती दिन थालेपछि धेरै दर्शकले चिन्नुभयो,’ पुरूषोत्तम भन्छन्, ‘त्यसैले पनि धेरै स्टेजतिर अफर आउँछन् । म्यूजिक भिडियोमा पनि पुर्खे चाहियो भन्दै अफर आइरहन्छन् । देशभित्रका स्टेज कार्यक्रममा पुर्खे बाको भेषमा प्रस्तुती दिने गरेको छु ।’
गुल्मीको रूरू गाउँपालिका–२ ग्वादीमा जन्मिएका पुर्खे विद्यालय तहको अध्ययन पूरा गरेपछि उच्च शिक्षाको लागि बुटवल झरे । बुटवलमा उच्च शिक्षासँगै उनले विभिन्न विद्यालयमा अध्यापन पनि गरे । विद्यालयमा पढाउँदा पनि उनले विद्यार्थीलाई पढाइसँगै धेरै हसाए । विद्यार्थीबीच पनि उनी पुर्खे बाकै रूपमा चिनिए ।
‘हँसाउने काम एकदमै गाह्रो हो । हास्य व्यंग्य एकदमै गाह्रो विधा हो । दर्शकलाई हँसाउन कलाकारले दुःख गरेको हुन्छ । स्टेजबाट प्रस्तुती दिँदा दर्शक हाँसे भने आनन्द आउँछ, हाँसेनन् भने आफैंलाई अप्ठ्यारो महसूस हुन्छ,’ उनी भन्छन् । पीडा र तनावमा रहेका दर्शकलाई हँसाउन निकै चुनौतीपूर्ण काम ठान्छन् पुर्खे । ‘ओभर एक्टिङ’ भन्दा पनि स्वाभाविक अभिनयलाई मन पराउने मान्छे धेरै हुन्छन् । पात्र अनुसारको अभिनय गर्न सक्नुपर्ने पुर्खेको भनाइ छ ।
पछिल्लो समय उनले विभिन्न म्यूजिक भिडियोमा समेत अभिनय गरेर महत्त्वपूर्ण भूमिका निर्वाह गरेका छन् । उनी गायन, हास्य र अभिनय तीनै क्षेत्रमा सक्रिय छन् ।
उनले गाउँकै भावना र जनजीवनलाई जोडेर पुर्खे बाको बेदना भाग १, २ र ३ गीत बजारमा ल्याए । ती गीतले गाउँमा राम्रो छाप छाड्न सफल भए । पानी मरूवा भाग १, २ र ३ तीज गीत बजारमा ल्याए । ती सबै गीतमा आफैं पुर्खेको स्वार र आफैं अभिनय रहेको छ । उनका गीतमा आफ्नै स्थानीय स्वाद छन् ।
कुनै बेल शोक बिर्साउन विभिन्न प्रहसन रख हास्य व्यंग्यात्मक कार्यक्रम गरिन्थे । अहिले टेलिभिजनदेखि विभिन्न शोमा हास्य कार्यक्रम अनिवार्य जस्तै भएको छ । अहिले आएर जसलाई जे पायो त्यहीँलाई हास्य व्यंग्यको नाममा विकृति भित्र्याइएको भण्डारी बताउँछन् ।
‘पुरानो संस्कृति र परम्परा हट्दै जानु र छाडा व्यंग्यले प्रश्रय पाउनु दुःखद हो । त्यस्ता प्रवृत्ति रोकिनुपर्छ,’ पुरूषोत्तम भन्छन्, ‘हास्य व्यंग्य नैतिक दबाब दिने गतिलो माध्यम हो तर यसलाई निकै हल्कारूपमा लिन थालिएको छ । सामाजिक विषयमा गरिने व्यंग्यले परिवर्तनमा केही भए पनि असर पर्ने हुन्छ ।’
भण्डारीले राजनीतिभन्दा बढी हराउँदै गएको गाउँले परम्परा र संस्कृतिको विषयलाई उठाउँछन् । १२ वर्षदेखि अभियान गर्न थालेका उनी कार्यक्रमको सिलसिलामा ५० भन्दा बढी जिल्ला पुगिसकेका छन् भने विभिन्न देशमा गएर कला देखाइरहेका छन् ।
पछिल्लो समय अभिनयले धेरै फड्को मारेको छ । टिकटकमा अभियान र हास्य कलाकार बन्न खोज्नेको पनि कमी छैन । ‘यसले केही हदसम्म राम्रो हुँदै पनि गइरहेको छ तर हास्य कलाकार बनावटी पनि छन् । अनावश्यक फन्डा गरेर अभिनय हुँदैन । हास्य कलाकारको प्रदर्शनमा खबरदारी हुन्छ,’ उनले भने, ‘कलाकारिता क्षेत्रमा नाम र दाम दुवै छ तर इमान्दारिता र दक्षता चाहिँ हुनुपर्छ ।’
गुणराज ढकाल सामाजिक सञ्जालमा अभ्यस्त हुन थालेपछि अध्ययन गर्ने बानी निकै घटेको छ । सामाजिक सञ्जालमा आउने टिप्पणीबाटै हामीले आफ्नो दृष्टिकोण बनाउने गर्दछौं । विषयको गहिराइसम्म पुगेर अध्ययन तथा विश्लेषण गर...
गोपाललाई सानैदेखि धूमपानको लत बसेको थियो, शायद संगतको प्रभाव भनेको यही हुनुपर्छ । घरमा बाबुदाजुहरू हुक्का तान्थे । त्यति बेलाको चलन के भने सबैभन्दा सानोले तमाखु भर्नुपर्ने । त्यतिसम्म त ठीकै थियो, सल्काएर समे...
वरिष्ठ पत्रकार तथा साहित्यकार आचार्य कमल रिजालद्वारा लिखित उपन्यास ‘सुकर्म’को अंग्रेजी संस्करण ‘डीप क्वेस्ट' प्रकाशित भएको छ । २०६९ सालमा नेपालीमा प्रकाशित उक्त उपन्यासको अंग्रेजी संस्करणलाई स...
गोपी मैनाली कविहरूले केका लागि कविता लेख्छन् भन्नेमा मत्यैक्यता पाइँदैन । कोही आनन्दका लागि भन्छन्, त कोही उपयोगिताका लागि । अझ कोही त अभिव्यञ्जनाको अर्को उद्देश्य नै हुँदैन भन्ने गर्छन् । ...
वरिष्ठ मुटु रोग विशेषज्ञ डा. ओम मूर्ति ‘अनिल’द्वारा लिखित पुस्तक ‘जीवन्त सम्बन्ध’ लोकार्पण गरिएको छ। शुक्रबार राजधानीको बसुन्धरामा एक कार्यक्रमकाबीच लेखक डा. ओम मूर्तिकी आमा राजकुमा...
विसं २०७९ को मदन पुरस्कार प्राप्त गरेको ‘ऐँठन’ उपन्यासका लेखक विवेक ओझालाई गृहनगर टीकापुरमा विभिन्न संघसंस्थाले सम्मान गरेका छन् । ओझालाई नेपाल रेडक्रस सोसाइटी टीकापुर उपशाखा, उद्योग वाणिज्य सङ्घ, ...
सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...
रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन । सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...
कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...