कात्तिक २०, २०८०
काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...
बागलुङको गलकोट नगरपालिकामा रहेको एक दुर्गम स्वास्थ्य एकाइमा अक्सिजनसहितको स्वास्थ्य सेवा उपलब्ध भएपछि स्थानीयवासी हर्षित बनेका छन् ।
गलकोट–४ मा रहेको स्वास्थ्य एकाइमै अक्सिजनसहितको सेवा शुरु गरिएको हो ।
गाउँघर क्लिनिकबाट स्तरोन्नति भएको बौर सामुदायिक स्वास्थ्य एकाइमा अक्सिजन सेवा शुरु भएको नगरपालिकाले जनाएको छ ।
सामान्य भवनमा सञ्चालनमा रहेको स्वास्थ्य एकाइमै अक्सिजनको व्यवस्थापन भएपछि वडावासी खुशी भएका छन् । सीमित जनशक्तिमा चल्दै आएको उक्त स्वास्थ एकाइका लागि सुविधासम्पन्न भवन बनिसके पनि केही काम बाँकी रहेको छ । वडाध्यक्ष बलबहादुर खत्री र नरेठांटी स्वास्थ्य चौकीमा कार्यरत हेल्थ असिस्टेन्ट जगन्नाथ सुवेदीको पहल र दाताको सहयोगमा गाउँमै अक्सिजनसहितको सेवा शुरु गरिएको हो ।
डा डिलबहादुर थोकर लामाले बोधिसत्वा विहारसँगको सहकार्यमा स्वास्थ्य एकाइलाई अक्सिजन मेशिन उपलब्ध गराएका हुन् । कोरोना महामारीलाई दृष्टिगत गर्दै अक्सिजन मेशिन, पल्स अक्सिमिटर, स्यानिटाइजर, पिपिई सेट तथा अत्यावश्यक औषधि र उपकरण स्वास्थ्य एकाइलाई प्राप्त भएको छ ।
करीब रु चार लाख बराबरको स्वास्थ्य सामग्री र उपकरण प्राप्त भई हस्तान्तरण गरिएको खत्रीले जानकारी दिए। करार सेवाका दुई स्वास्थ्यकर्मी र सीमित औषधि मात्र भएको स्वास्थ्य एकाइ थप सबल बनेकामा खत्रीले खुशी व्यक्त गरे । सीमित स्रोत साधनमा असुरक्षित भएरै भए पनि जनताको सेवा गरिरहेको जनाउँदै हेल्थ असिसटेन्ट जगन्नाथ सुवेदीले अक्सिजन मेशिनलगायत स्वास्थ सामग्री र औषधि प्राप्त भएसँगै सेवामा खट्न थप उत्साह मिलेको बताए ।
उक्त स्वास्थ्य सामग्री उपलब्ध गराउने बोधिसत्वा विहार र चिकित्सक थोकर लामाले आगामी दिनमा एम्बुलेन्स तथा भिडियो एक्स–रे मेशिनसमेत उपलब्ध गराउने वचन दिएको वडाध्यक्ष खत्रीले जानकारी दिए। श्वासप्रश्वासका बिरामी धेरै भएको र कहिलेकाहीँ जटिल समस्या भएर निजी अस्पतालमा महँगो शुल्क तिरेर अक्सिजन लगाउन जान पर्ने बाध्यता हटेको वडा सदस्य रुद्र सुवेदीको भनाइ छ ।
काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...
तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...
पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...
पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...
उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...
नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...
आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...
दाम्पत्य जीवनको मूलभूत आधार भनेको विवाह संस्कार हो । यस संस्कारले उमेर पुगेका केटाकेटीलीलाई आपसमा मिलेर जीवनरथ अघि बढाउने स्वीकृति दिएको हुन्छ । यसो त संस्कारहरू धेरै छन् । तिनमा १६ संस्कार विशेष महत्व...