जेठ १३, २०७९
३० वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा देशभरमा १३ पालिकाको प्रमुखसहित ३ सय ८५ जना स्वतन्त्र उम्मेदवार निर्वाचित भएका छन् । स्थानीय तह निर्वाचनमा राजनीतिक दलबाट टिकट नपाएर बागी उठेका देखि समाजमा आन्दोलनको नेत...
असार १ गते आएको बाढीपहिरोले सिन्धुपाल्चोकको मेलम्ची बजार नै डुबायो ।
हेलम्बु र पाँचपोखरी थाङ्पालमा पनि निकै ठूलो क्षति भयो । मेलम्ची र इन्द्रावतीमा मिसिएको बाढीले मानव बस्ती डुबायो । माथिल्लो भेग हेलम्बुदेखि ओइरिएको बाढीपहिरोका कारण अझै २० जना बेपत्ता छन् । चार जनाको मात्र मृत्यु पुष्टि भएको छ ।
मौसम पूर्वानुमान महाशाखाले यस वर्ष पहाडी र हिमाली भेगमा बढी वर्षा हुने पूर्वानुमान गरेको छ तर असार १ गतेको आसपास मेलम्ची क्षेत्रको वर्षाको आकलन त्यसअनुसार भएको थिएन । त्यसबेला वर्षा पश्चिम नेपालमा केन्द्रित रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको थियो । मौसमविद्हरू ठूलो वर्षा भएको कुरा स्वीकार गर्दैनन् । भूगर्र्भविद्हरू माथिल्लो भेगमा वर्षा नभई पहिरो जानै नसक्ने बताउँछन् ।
पछिल्लो समय खण्डित वर्षा हुने क्रम बढेको छ । सानो स्थानको एकै ठाउँमा वर्षा भएका कारण एक्कासि बाढीपहिरो सिर्जना हुने गरेको भूगर्भविद् शिवकुमार बाँस्कोटा बताउँछन् । उनले पोहोर साल पर्वतको दुर्लुङमा गएको पहिरोको उदाहरण दिए । लुम्लेनजिकै रहे पनि त्यस समयमा त्यहाँ पानी परेको थिएन तर दुर्लुङका बासिन्दाले कहिल्यै नदेखेको दर्के पानी देखे । त्यसको केही निमेषमै पहिरोले बस्ती बगाएको थियो ।
मेलम्चीको माथिल्लो जलाधार क्षेत्रमा वर्षामापन यन्त्र थिएन । त्यहाँ पानी परेको हुनसक्ने आकलन उनले गरे । उनले भन्नुभयो, “पहिले हिमनदीले ल्याएको माटोसहितको गेग्रान हेलम्बुमाथिको खहरे छेउछाउमा थुप्रिएका छन्, पानी परेपछि बल्ल त्यो बग्न थालेको हो र कतै गएर खहरे थुनिएपछि भेलपहिरो विस्फोट भएको हुनसक्छ ।”
बाँस्कोटासहितको उच्च सरकारी टोली त्यो पहिरोले थुनेको स्थलको अवलोकन गर्न जानुभएको थियो । खराब मौसमका कारण राम्ररी ठम्याउन नसकिए पनि प्रारम्भिक अवलोकनले त्यही देखाएको उनले सुनाए । उनका अनुसार एक/डेढ सय वर्षअघि अहिलेकैजस्तो पहिरो आएर मेलम्ची थुनिएको घटना दोहोरिएको हो । स्थानीय पाकाहरू पनि यस्तै घटना धेरै वर्षअघि भएको सुनाउँछन् ।
नदीले बनाएका टारमा पछि बस्ती र बजार बनेकाले बाढीको चपेटामा पर्न गएको बाँस्कोटा तर्क गर्छन् । उनका अनुसार नदीको किनार मानव सभ्यताको सूचक पनि हो । त्यहाँ जीवनको सम्भावना अधिक हुन्छ । त्यसैले मानव बस्ती र भौतिक संरचना बन्छ ।
तीन वर्षअघि २०७५ सालमा सरकारले निर्माण गरेको विपत् जोखिम न्यूनीकरण तथा राष्ट्रिय रणनीतिक कार्ययोजना २०१८–३० का अनुसार नेपालको उत्तरमा विशाल हिमालय पर्वत शृङ्खलादेखि दक्षिणमा तराईसम्म कुल १७० मिटरको दूरी रहेको छ । यति सानो दूरीभित्रको विविधता अधिक छ र त्यसैका कारण एकै समयमा फरक–फरक खालका प्राकृतिक विपत्तिको सामना नेपालले गर्नु परिरहेको छ ।
कार्ययोजनाअनुसार नेपालमा हरेक वर्ष पाँच सयभन्दा बढी विभिन्न खालका विपत्का घटना हुने गरेका छन् । सन् १९७१ देखि २०१५ को अवधिमा नेपालमा ४० हजारभन्दा बढी मानिसको ज्यान विपत्का कारण गएको छ । यो भनेको हरेक दिन दुई जनाभन्दा बढीको ज्यान विपत्कै कारण जाने औसत सङ्ख्या हो । त्यस अवधिमा ७५ हजारभन्दा बढी मानिस घाइते भए भने ३० लाख मानिस विपत्बाट प्रभावित बनेका छन् ।
नेपालको हरेक जिल्लामा विपत्का कारण धेरै मानिस मृत्युको उच्च जोखिममा रहेको पाइएको कार्ययोजनामा उल्लेख छ । गैरप्राकृतिक विपत् महामारी, अनिकाल, डढेलो, कीट वा सूक्ष्म जीवाणुको सङ्क्रमण, पशुपन्छीमा हुने सरुवा रोग र महामारी, सर्पदंश, जनावर आतङ्क, खानी, हवाई, जल, सडक, विषाक्त ग्यास चुहावट तथा विस्फोट, प्रदूषणका कारण हुने घटना तथा औद्योगिक दुर्घटना एकातिर छन् ।
अर्कोतर्फ प्राकृतिक विपत् हिमपात, असिना वर्षा, हिमपहिरो विस्फोट, अतिवृष्टि, अनावृष्टि, बाढीपहिरो तथा भू–स्खलन, ज्वालामुखी विस्फोट, डढेलो आदिको प्रकोपमा पनि नेपालको भू–भाग अत्यधिक प्रभावित छ । विश्व मानचित्रमा नेपाल भूकम्पको अतिजोखिम भएको देशको सूचीमा ११औँ स्थानमा छ भने पहिरोको ३०औँ अति जोखिम मुलुक हो । सोही कार्ययोजनाले नेपालमा बढ्दो विकास प्रक्रियासँगै वन तथा वातावरण विनाश बढेको उल्लेख गरेको छ ।
मौसमविद् वरुण पौडेलले भूकम्प र विकास निर्माणका कारण जर्जर भएको पहाडमा हल्का वर्षाले पनि बढी असर परेको तर्क गरे । उनी भन्छन्, “मनसुनमा पानी पर्ने हो, कतै बढी र कतै कम परेको होला तर मनसुनकै कारण मात्र बाढीपहिरो गएको होइन । ” दुई सातायता मनाङ, सिन्धुपाल्चोक, लमजुङ, रोल्पा, कास्कीमा बाढीपहिरोले हालसम्म २३ जनाको ज्यान लिइसकेको राष्ट्रिय आपत्कालीन कार्यसञ्चालन केन्द्रले जनाएको छ । त्यसैका कारण २४ जना अझै बेपत्ता छन् ।
वैशाख १ गतेयता बाढीबाट १२ र पहिरोबाट १२ जनाको मृत्यु भएको राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ । प्राधिकरणले यस वर्षको मनसुनमा १८ लाखभन्दा बढी मानिस विभिन्न खालको विपत्बाट प्रभावित हुने आकलन गरेर प्रतिकार्य योजना बनाएको प्राधिकरणका प्रमुख अनिल पोखरेलले जानकारी दिए । गोरखापत्र दैनिकमा चाँदनी हमालले खबर लेखेकी छन् ।
३० वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा देशभरमा १३ पालिकाको प्रमुखसहित ३ सय ८५ जना स्वतन्त्र उम्मेदवार निर्वाचित भएका छन् । स्थानीय तह निर्वाचनमा राजनीतिक दलबाट टिकट नपाएर बागी उठेका देखि समाजमा आन्दोलनको नेत...
नेकपा एमालेका अध्यक्ष एवं प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीले सरकारको नीति तथा कार्यक्रमप्रति चर्काे आलोचना गरेका छन् । सरकारको नीति तथा कार्यक्रममाथि संसद्मा सुरु भएको छलफलमा भाग लिने क्रममा बिहीबार ३ घ...
निजीक्षेत्रले नेपाली नागरिकलाई विदेशमा लगानी गर्न अनुमति दिनुपर्ने माग गर्दै आइरहेका बेला एक जना उच्च अधिकारीले नेपालीलाई विदेशमा लगानी गर्नमा लगाइएको प्रतिबन्ध अविलम्ब हटाउनुपर्नेमा जोड दिएका छन् । नेपा...
काठमाडौँ महानगरपालिकाका उपप्रमुख पदका उम्मेदवार रामेश्वर श्रेष्ठले मतगणना निर्देशिकामा संशोधन हुनुपर्ने माग गर्दै निवेदन दर्ता गराएका छन् । नेकपा (एकीकृत समाजवादी)बाट उम्मेदवार भएका उनी स्थानीय तह निर्वाचनमा...
३० वैशाखमा स्थानीय तहको मतदान सम्पन्न भएर मत गणना सम्पन्न हुँदै गर्दा प्रमुख राजनीतिक दलहरू जिल्ला समन्वय समिति गठनको जोडघटाउमा लागेका छन् । स्थानीय तहको परिणाम आइसेकपछि जिल्लाको समन्वय गर्न जिल्ला समन्वय स...
आउँदो मनसुनमा नेपालमा प्राकृतिक विपतबाट १७ लाखभन्दा बढी मानिस प्रभावित हुने अनुमान गरिएको छ । सरकारले तयार पारेको मनसुन प्रतिक...
धान दिवसका बेला तत्कालीन मन्त्रीहरूले कसैले गमलामा धान रोप्ने, कसैले उपद्रव तथा उच्छृंखल गरी धान दिवस मनाउँदै गर्दा मन्त्री पद समेत गुमाए । असार १५ गते सरकारले धान दिवस मनाएर औपचारिकता निभाउँछ । तथापि सरकार...
विश्वविख्यात कूटनीतिज्ञ तथा राजनीतिज्ञ विष्णु गुप्त "चाणक्य"ले राजनीतिलाई परिभाषित गर्दै भनेका छन्- "आफ्नो टार्गेट अर्थात् निशानालाई निर्धारण गरी तदनुसार तयारी गर्नु र लक्ष्य हासिल गर्नु राजनीति हो।&q...
भर्खरै मात्र राष्ट्रिय सुरक्षा नीति २०७५ ले समेत नेपाली मूल्य–मान्यता, संस्कृति, परम्परा, धर्म, भाषा, जाति, क्षेत्र र सम्प्रदाय बीचको सद्भाव भड्काउने संकीर्ण गतिविधि तथा विभिन्न प्रकृतिका अतिक्रमण र सामाजिक सञ्जा...