२६ जेठ २०८३, मंगलबार

नेप्सेको अध्यक्षमा दीर्घराज मैनाली

नेप्सेको अध्यक्षमा दीर्घराज मैनाली

सरकारले नेपाल स्टक एक्सचेन्ज (नेप्से) अध्यक्षमा दीर्घराज मैनालीलाई नियुक्त गरेको छ।

नेप्से अध्यक्षमा लक्ष्मण न्यौपानेको कार्यकाल सकिएपछि मैनालीलाई अर्थ मन्त्रालयले सोमवार नियुक्ति दिएको हो।

मैनाली हाल मन्त्रालयमा वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखा प्रमुख छन्। उनी यसअघि राजस्व अनुसन्धान विभागका महानिर्देशक थिए।

पद बहाली गर्दै मैनालीले धितोपत्रको दोस्रो बजार तथा समग्र पुँजी बजारको उन्नतीका लागि आफू प्रतिवद्ध रहेको बताएका छन् ।

उनले भने, पुँजी बजारमार्फत मुलुकको आर्थिक विकासमा पुर्याउन सकिने योगदानका सन्दर्भमा नेप्से सञ्चालक समितिका अनुभवी सदस्यहरू तथा व्यवस्थापनबाट आवश्यक सहयोग प्राप्त हुने अपेक्षा मैले गरेको छु । 
मैनालीलाई नेप्सेका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउद, सञ्चालक लगायतले स्वागत गरेका थिए । 

salt training

कमेन्ट गर्नुहोस्