
पृथ्वी राजमार्ग अन्तर्गत बेनीघाट रोराङ गाउँपालिकास्थित चरौंदी ज्यामिरे घाटबाट मालबाहक ट्रक त्रिशुली नदीमा खसेर बेपत्ता भएको छ ।
वीरगञ्जबाट काठमाडौं आउँदै गरेको ना३ख ८०७४ नम्बरको ट्रक मंगलवार बिहान खस्दा चालक पनि बेपत्ता रहेको इलाका प्रहरी कार्यालय गजुरीले जनाएको छ । अहिले नदीको बहाब उच्च रहेको छ ।
चालकबाहेक ट्रकमा अन्य को–को थिए भन्ने यकिन नभएको र खोजी जारी रहेको बताइएको छ । वीरगञ्जबाट काठमाडौंका लागि छुटेका ३ ट्रकमध्ये एउटा सम्पर्कमा नआएपछि खोजी गर्दा दुर्घटनामा परेको पुष्टि भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक महेन्द्र खड्काले जानकारी दिए ।