
उतारचढावपूर्ण अवस्थामा रहेको धितोपत्र बजारमा बुधवार विकास बैंक र वित्त उपसमूहका शेयरमा आकर्षण देखिएको छ ।
नेपाल स्टक एक्सचेञ्जका अनुसार पोखरा फाइनान्सको शेयरमा सकारात्मक सर्किट लागेको छ ।
कम्पनीको शेयरमा १० प्रतिशतको वृद्धि देखिएको छ । सेन्ट्रल फाइनान्स ९.९७, नेपाल फाइनान्स ९.८६, मल्टीपर्पोज फाइनान्स कम्पनी ९.५७ र प्रोगेसिभ फाइनान्स कम्पनीको शेयरधनीले ९.६८ प्रतिशतले नाफा आर्जन गरेका छन् ।
वित्त उपसमूहको शेयरमा ११८.७८ बिन्दुको वृद्धि देखिएको छ । विकास बैंक उपसमूहको शेयरमा १३६.९६ विन्दुको सुधार देखिएको छ ।
नेप्सेका अनुसार नेप्सेमा भने ४.१३ बिन्दुले ओरालो लागेर २ हजार ८२३.८७ मा ओर्लेको छ । ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक १.३२ विन्दुले घटेर ५२२.३७ मा पुगेको छ । कूल २२० कम्पनीको १ करोड ६२ लाख ४८ हजार १०० कित्ता शेयर ५ अर्ब ८३ करोड ८५ लाख ५१ हजार ४३५ मूल्यमा खरिद बिक्री भए ।
बुधवारको कारोबारपछि बजार पूँजीकरण ३९ खर्ब २३ अर्ब ५ करोड ४२ लाख ६५ हजार ८५६ बराबर पुगेको छ ।
कारोबार भएका १३ उपसमूहमध्ये बुधवार ७ उपसमूहको शेयर ओरालो लाग्दा ६ उपसमूहको शेयर भने उकालो लागेको छ । बैंकिङ ४.०८, व्यापार २२.४६, होटल तथा पर्यटन ४९.६८, लघुवित्त ४७.६, जीवन बीमा ११२.४८, सामूहिक लगानी कोष ०.०९ र लगानी २.३९ विन्दुले घटेको छ ।
विकास बैंक १३६.९६, जलविद्युत् २.९४, वित्त ११८.७८, निर्जीवन बीमा ५.६३, उत्पादन ५७.०९ र अन्य उपसमूहको शेयर १८.३१ विन्दुले बढेको छ ।
कारोबारका आधारमा नेपाल इन्स्योरेन्स शीर्ष स्थानमा रहेको छ । कम्पनीको ३० करोड ४२ लाख ५८ हजार १९२ बराबरको कारोबार भयो । एनएलजी इन्स्योरेन्स २१ करोड ६९ लाख ९४ हजार ८०२, नेसनल हाइड्रोपावर १८ करोड ७६ लाख २६ हजार ४७०, नेपाल पुनरबीमा कम्पनी १४ करोड ७६ लाख ३ हजार ३१२ र ज्योति विकास बैंक १३ करोड ८१ लाख ९० हजार बराबरको कारोबार भई शीर्ष स्थानमा रहे ।
एचआईडीसीएल ४.२८, खानीखोला हाइड्रोपावर ३.३५, गणपति माइक्रोफाइनान्स ३.२६, सबैको लघुवित्त २.९५ र सोल्टी होटलका लगानीकर्ताले २.६४ प्रतिशतले गुमाएका छन् ।