स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना परीक्षण गराउनेको संख्या घट्दै गएको जनाएको छ ।
मन्त्रालयले संक्रमितको सम्पर्कमा आएमा वा लक्षण देखिएमा समयमै परीक्षण गराउन अनुरोध पनि गरेको छ ।
‘कोरोना संक्रमण घट्दो क्रममा रहे पनि संक्रमणको जोखिम घटेको छैन । तर, कोरोना परीक्षण नगराउनेको संख्या बढ्दै गएको पाइएको छ,’ सूचनामा भनिएको छ, ‘मास्क प्रयोगसहित स्वास्थ्य सुरक्षाका सबै मापदण्डको पालना गर्नुका साथै लक्षण देखिएकाको समयमै परीक्षण हुनु कोरोना नियन्त्रणका आधार हुन् ।’
पछिल्लो समय निषेधाज्ञा खुकुलो भएसँगै भीडभाड बढ्न थालेको छ । यसले कोरोनाको जोखिम बढाएको छ ।