२६ जेठ २०८३, मंगलबार

जनकपुरका अधिकांश स्थान डुबानमा

जनकपुरका अधिकांश स्थान डुबानमा

विगत एकहप्ता परेको अविरल वर्षाले जनकपुरधाम उपमहानगरपालिकाको अधिकांश स्थान जलमग्न भएका छन् । वर्षाले नगर भित्रका अधिकांश सडक तथा सरकारी कार्यालयमा पानी जमेको छ भने केही घर डुबानमा समेत परेका छन् ।
उपमहानगरपालिकाका वडा नं १, २, ३, ४, ७, ८, र १३  वढी डुवानमा  परेका छन्  ।हुलाक कार्यालय, वन निर्देशनालय, नेपाल परिवार सङ्घ, आन्तरिक राजश्व कार्यालय लगायतका कार्यालय डुबानमा परेका छन् ।
एसियाली विकास बैंँकको आर्थिक एवम् प्राबिधिक सहयोगमा यहाँ  एकीकृत शहरी विकास परियोजना कार्यान्वयनमा छ । परियोजनाले  यहाँका सडक स्तरोन्नति गरिरहेको छ ।  ढल व्यवस्थापन नहुँदा  नगरका अधिकांश क्षेत्र जलमग्न भएको बताइएको छ । डुबान क्षेत्रमा धनजनको क्षति नभएको प्रहरीले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्