२७ जेठ २०८३, बुधबार

स्लोभाकियामा उड्ने कारको परीक्षण सफल

असार २०, २०७८
स्लोभाकियामा उड्ने कारको परीक्षण सफल

युरोपेली मुलुक स्लोभाकियामा उड्ने कार ३५ मिनेटमा एउटा शहरबाट अर्को शहरसम्म जाने परीक्षण सफल भएको छ । 
 

क्लाइन भिजन नामक कम्पनीले बनाएको एयरकार नित्रा शहरबाट राजधानी ब्राटिस्लाभासम्म गत सोमवार उडेको थियो । 

यो एयरकार प्रोटोटाइप १ मा १६० हर्सपावर बीएमडब्ल्यू इन्जिन छ र यसमा एउटा फिक्स्ड प्रोपेलर छ । यसले विमानलाई तीन मिनेटभन्दा कम समयमा सडकमा गुड्ने कार बनाउँछ । 

यस कारले ४० घन्टाभन्दा बढीको परीक्षण उडान गरिसकेको क्लाइन भिजनले जनाएको छ । यो ८२ सय फीटमाथि समेत उडेको छ र १९० किलोमिटर प्रतिघन्टाको गतिसम्म पनि पुगेको छ । 

सोमवार ब्राटिस्लाभामा अवतरण गरेपछि विमान कारमा परिणत भएको थियो र त्यसलाई क्लाइन भिजनका सीईओ स्टेफान क्लाइन र सहसंस्थापक एन्टोन जाजाकले गुडाएका थिए । 

‘एयरकार एटा अवधारणा मात्र रहेन,’ जाजाकले प्रेस विज्ञप्ति निकालेर बताए । ‘यसले विज्ञानकथालाई वास्तविकतामा परिणत गरेको छ ।’

कम्पनीले एयरकार प्रोटोटाइप २ मा काम गरिरहेको छ । त्यसमा ३०० हर्सपावर इन्जिन रहनेछ । 

यो ३०० किलोमिटर प्रतिघन्टाको गतिमा गुड्ने र यसको दायरा एक हजार किलोमिटर हुने अपेक्षा छ ।
 

salt training

कमेन्ट गर्नुहोस्