२६ जेठ २०८३, मंगलबार

बैतडीमा जीप दुर्घटना: मृत्यु हुनेको संख्या तीन पुग्यो

बैतडीमा जीप दुर्घटना: मृत्यु हुनेको संख्या तीन पुग्यो

बैतडीमा आज बिहान भएको जीप दुर्घटनामा मृत्यु हुनेको संख्या तीन पुगेको छ  । 

मृत्यु हुनेमा सिगास गाउँपालिका–३ का ४५ वर्षीय जयसिंह धामी, ४५ वर्षीय मानसिंह साउँद र ६४ वर्षीय रामसिंह धामीको मृत्यु भएको बैतडी प्रहरी प्रमुख डीएसपी रमेशबहादुर पालले जानकारी दिए । 

सिगास गाउँपालिका–३ बाट डडेल्धुरातर्फ जाँदै गरेको से १ ज ७३९ नम्बरको जीप लगनबजारनजिक दुर्घटना भएको हो । गाडीमा १६ जना सवार थिए । 

दुर्घटनामा १० जना घाइते भएका छन् । चारजनाको अवस्था गम्भीर रहेको डीएसपी पालले जानकारी दिए । ‘पाँचजना गम्भीर घाइतेमध्ये एकजनाको थप मृत्यु भएको हो,’ उनले भने, ‘घाइतेहरूलाई डडेल्धुरा अस्पताल पठाइएको छ ।’

दुर्घटनाको कारण भने खुलेको छैन । 

salt training

कमेन्ट गर्नुहोस्