२६ जेठ २०८३, मंगलबार

कस्तो रहला आजको मौसम ?

कस्तो रहला आजको मौसम ?

हाल प्रदेश २ र बागमती प्रदेशमा आंशिक देखि सामान्य बदली र बाँकी प्रदेशमा सामान्यदेखि पूर्ण बदली रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षा भैरहेको पनि महाशाखाको भनाइ छ ।

यस्तै महाशाखाले मंगलबार दिनभर  कर्णाली तथा सुदूरपश्चिम प्रदेशमा आंशिकदेखि सामान्य बदली  रहने छ भने बाँकी भूभागहरूमा सामान्यदेखि पूर्ण बदली रहने पूर्वानुमान गरेको छ । प्रदेश  १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी  प्रदेशका केही स्थान तथा कर्णाली र सुदूरपश्चिम  प्रदेशका थोरै स्थानहरुमा भने हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
 

यस्तै राति देशका अधिकांश भूभागहरूमा सामान्य देखि पूर्ण बदली रहनेछ । प्रदेश  १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका धेरै स्थानहरुमा तथा कर्णाली र सुदूरपश्चिम  प्रदेशका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १ का एक दुई स्थानमा  मेघ गर्जनसहित भारी वर्षाको सम्भावना रहेको छ  ।

salt training

कमेन्ट गर्नुहोस्