×

NMB BANK
NIC ASIA

बीपी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा २१ दिनदेखि आन्दोलन, राजनीति घुस्दा पेचिलो बन्दै समस्या

असार २२, २०७८

NTC
Sarbottam
Premier Steels
Marvel

महामारीका बेला बिरामीहरूको उपचारमा रातदिन नभनी लाग्नुपर्ने अस्पतालजस्तो संवेदनशील संस्था समेत आफैं ‘थला परेको’ महिना दिन बित्न लाग्दा समेत सम्बन्धित निकाय मौन रहेको छ ।

Muktinath Bank

सुनसरीको धरानमा रहेको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको बेथितिविरुद्ध आन्दोलन चल्दै आएको २१ दिन बितिसक्दा समेत सरकार र सरोकारवाला निकाय मौन छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

चिकित्सक, नर्स, कर्मचारी र विद्यार्थीले शिक्षा र स्वास्थ्य जस्तो अति संवेदनशील क्षेत्रमा राजनीतिकरण भएको, भ्रष्टाचार बढेको, तलबभत्ता वृद्धि नभएको लगायतका माग राख्दै आन्दोलन गरिरहे पनि सरकारले भने त्यसको बेवास्ता गरिरहेको छ ।


Advertisment
Nabil box
Kumari

आन्दोलनरत चिकित्सक तथा कर्मचारीले शिक्षा तथा स्वास्थ्यमा हुने चरम राजनीतिकरण बन्द गर्नुपर्ने, प्रतिष्ठानमा भएको भ्रष्टाचारको छानबिन गरी दोषीउपर कारवाही गर्नुपर्ने, उपकुलपति डा. ज्ञानेन्द्र गिरी, शिक्षाध्यक्ष डा. गुरु खनाल, रजिष्ट्रार डा. मोहनचन्द्र रेग्मी र निर्देशक गौरीशंकर साहले राजीनामा दिनुपर्ने माग अगाडि सारेका छन् ।

Vianet communication
Laxmi Bank

आन्दोलन चर्किँदै जाँदा उपकुलपति ज्ञानेन्द्र गिरीले वार्ताको माध्यमबाट समस्या समाधान गर्ने प्रस्ताव अगाडि सारेका थिए । आन्दोलनरत पक्षसँग वार्ताका लागि आएका उपकुलपति डा. ज्ञानेन्द्र गिरी मापासे गरेर आएपछि आन्दोलन चर्केको हो ।

कुलपति समेत रहेका प्रधानमन्त्री तथा स्वास्थ्य मन्त्रालयलाई जानकारी गराएपनि अहिलेसम्म समाधान गर्न कुनै प्रयास नभएको बीपी कोइराला शुद्धीकरण अभियान  संयुक्त संघर्ष समितिका सदस्य गणेश फुलाराले बताए ।

बीपी प्रतिष्ठान राजनीतिक हस्तक्षेपको शिकार बनेको भन्दै प्रतिष्ठान बचाउन २२ दिनदेखि डा. सूर्यप्रसाद रिमालको संयोजकत्वमा बीपी कोइराला शुद्धीकरण अभियान संयुक्त संघर्ष समिति नै गठन गरेर आन्दोलन भइरहेको छ ।

आन्दोलरत पक्षले आन्दोलनका स्वरूप परिवर्तन गरेर आन्दोलन गरिरहेका छन् । धर्ना दिने, र्‍याली निकाल्ने जस्ता काम गरिरहेका उनीहरूले सरकारले बेवास्ता गरे सामूहिक राजीनामा दिने चेतावनी समेत दिएका छन् ।

प्रतिष्ठानका पदाधिकारीहरू प्रतिष्ठान सुधार गर्न भन्दा आर्थिक अनियमितता गर्न सक्रिय रहेका कारण प्रतिष्ठानको अवस्था दिनप्रतिदिन कमजोर बन्दै गएको आन्दोलनरत पक्षको आरोप छ ।

सरकारले कोभिडमा खटिने डाक्टर तथा स्वास्थ्यकर्मीहरूलाई प्रोत्साहन दिने भने पनि अहिलेसम्म कसैले नपाएको डाक्टर उमेश शाहले बताए ।

शाहका अनुसार प्रतिष्ठानमा काम गर्ने जो कोहीले पनि बढेको तलब समेत समयमा नपाउने गरेको गुनासो छ । कोभिडको समयमा राज्यले दिने भनेर घोषणा गरेको प्रोत्साहन समेत नपाएपछि कोभिड अस्पतालको इमर्जेन्सीमा खटिएका डाक्टरहरूले सामूहिक राजीनामा दिएका थिए ।

‘मन्त्रालयमा सोध्यो भने प्रतिष्ठानमा पठाइदिएको भन्छ, प्रतिष्ठानले भरे भोलि दिन्छौं भन्छ,’ डाक्टर शाहले भने प्रतिष्ठान पछिल्लो समय भ्रष्टाचारको अखडा बनिरहेको छ । 

प्रतिष्ठानमा औषधि, उपकरण खरिद, इन्टरनेट, विद्युत् आपूर्ति लगायतका शीर्षकमा प्रतिष्ठानका पदाधिकारीले व्यापक भ्रष्टाचार गरेको भन्दै पटक–पटक विरोध हुने गरे पनि छानबिन भने हुन सकेको छैन । 

प्रतिष्ठानका उपकुलपति गिरी र निर्देशक साहले कोभिड अस्पतालमा खरिद गरिएको आईसीयू र भेन्टिलेटर बेडमा समेत १ करोड ५० लाख भ्रष्टाचार गरेको अडियो सार्वजनिक हुँदा समेत समन्धित निकाय मौन भएको भन्दै दिन प्रतिदिन आन्दोलन चर्किरहेको छ ।

आन्दोलनलाई साम्य पार्न पूर्व स्वास्थ्यमन्त्री ढकाल काठमाडौंबाटै सक्रिय छन् भने प्रतिष्ठानमा उपकुलपति गिरीले त्यसका लागि पहल गरिरहेका छन् ।

गिरीले आन्दोलन मत्थर बनाउन नेतादेखि पुराना प्राध्यापकहरूसँग छलफल बढाएका छन् भने ढकालले सिनेट सदस्यहरूलाई फोन गरेर नै आन्दोलनलाई साम्य पार्न भन्ने गरेको एक सिनेट सदस्यले बताए ।

गिरीले सक्रियता देखाए पनि आन्दोलनरत पक्षले भने वार्ता गर्दा कुलपति तथा स्वास्थ्य मन्त्रालयसँग गर्ने माग राखिरहेका छन् ।

‘वार्ताका लागि बस्दा उहाँ आफैँ मापसे गरेर आउनुभयो,’ एक डाक्टरले भने, ‘अहिले उहाँसँग बसेर समाधान हुने छाँटकाँट छैन ।’

ढकाल सक्रिय भएपछि आन्दोलनलाई मलजल गर्न नोबेल मेडिकल कलेजका सञ्चालक डाक्टर सुनिल शर्मा सक्रिय भएर लागेको आरोप समेत लाग्न थालेको छ ।

गिरी र शर्माबीच लामो समयदेखि अन्तरद्वन्द्व छ । 

भानुभक्त ढकाल स्वास्थ्यमन्त्री भएका बेला गिरी उपकुलपति नियुक्ति भएका थिए ।

ढकाललाई चुनाव जिताउनका लागि रुँदै भाषण गरेका गिरीलाई ढकालले उपकुलपति बनाएर चुनावको गुन तिरेको चर्चा पनि हुने गर्छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

x