×

NMB BANK
NIC ASIA

नेता पुत्र त्रयको मोर्चाबन्दीले राम्रो सन्देश गएन, देउवाको विकल्प अहिले छैन– प्रकाशशरण [अन्तर्वार्ता]

असार २३, २०७८

NTC
Sarbottam
Premier Steels
Marvel

नेपाली कांग्रेसका सह-महामन्त्री डाक्टर प्रकाशशरण महतले पार्टीको विधानले निर्वाचनबाट पदाधिकारी चयन गर्ने व्यवस्था गरेकाले पार्टीमा योगदान गरेका र चाहना राख्ने जो कोही पनि चुनावी प्रतिस्पर्धामा आउन सक्ने बताएका छन् ।

Sagarmatha Cement
Muktinath Bank

पार्टीको आसन्न महाधिवेशका सम्बन्धमा कुराकानी गर्दै उनले वडादेखि केन्द्रसम्मको निर्वाचन प्रणालीका कारण धेरैलाई प्रतिस्पर्धामा जाने बाटो खुला रहेको बताए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

पार्टीमा नेता पुत्र त्रय शशांक कोइराला, विमलेन्द्र निधि र प्रकाशमान सिंहको मोर्चाबन्दीले राम्रो सन्देश नगएको बताएका महतले सभापतिमा देउवाको विकल्प नरहेको बताए ।


Advertisment
Nabil box
Kumari

उनले आफू सभापति पदका लागि पनि योग्य रहेको भएपनि उपसभापति या महामन्त्रीमा उम्मेदवारी दिने बताए ।

Vianet communication
Laxmi Bank

प्रस्तुत छ, डाक्टर महतसँग महाधिवेशनको तयारी, आगामी नेतृत्व र उम्मेदवारी बारेमा न्युज एजेन्सी नेपालले गरेको अन्तरवार्ताको सम्पादित अंश :

महाधिवेशन नजिकिएको छ व्यस्तता कत्तिको बढेको छ ? कस्तो छ महाधिवेशनको तयारी ?

हाम्रो महाधिवेशनलाई कोभिड १९ ले धेरै प्रभावित गर्यो । धेरै पटक कार्यतालिकामा संशोधन गर्नुपर्यो । नचाहँदा नचाहँदै यो परिस्थिति आयो । तर नेतृत्वले सबै कठिनाइका बाबजुद अधिवेशन गर्ने निर्णय गरेको छ ।

यसको तयारी सबै पक्षबाट भईरहेको छ । क्रियाशिल सदस्यता नामावलीको टुङ्गो लगाउने काम अन्तिम अवस्थामा छ । यसको टुङ्गो लागेपछि अधिवेशन जुनसुकै बेला गर्न सकिन्छ ।

मौसमजन्य चुनौती र कोभिडको संक्रमणको चुनौती अझै छ । मौसम र कोभिडले असामान्य अवस्था ल्याएन भने तोकिएको समयमा महाधिवेशन सम्पन्न हुन्छ ।

नेतृत्वलाई लिएर आकांक्षीहरू धेरै छन् । पार्टीको राजनीतिमा निरन्तर नेतृत्वमा भएका व्यक्तिहरू र नयाँ आकांक्षीहरू पनि देखिएका छन् । यसलाई कसरी व्यवस्थापन गरिनुपर्छ ?

पार्टीको विधानले कोषाध्यक्ष बाहेक अधिकांश पदमा निर्वाचनको व्यवस्था छ । पालिकाको वडा देखि केन्द्रसम्म निर्वाचन हुन्छ । यसले धेरैलाई प्रतिष्पर्धामा जाने बाटो खोलेको छ । यसले आकांक्षी र उम्मेदवारलाई बढाउँछ ।

यसबाट पहिलो पिँढी रामचन्द्र दाइ, शेर बहादुर दाइ संगै हामी पनि उम्मेदवार हुन सक्ने अवस्थामा पुगेका छौ । यसले सबै पदहरूमा उम्मेदवार हुने संख्या बढ्यो । यस्तो अवस्थामा निर्वाचनले आफै व्यवस्थापन गर्छ । अर्को व्यवस्थापन भनेको को व्यक्ति कोसँग प्रतिष्पर्धा गर्छ, निर्वाचनमा आन्तरिक रूपमा कसलाई कहाँ मिलाउने भन्ने हुनसक्छ तर को निर्वाचित हुने विषय त निर्वाचनले नै व्यवस्था गर्छ ।

यसमा चुनौति पनि छ अवसर पनि छ । त्यसैले सबैको व्यवस्थापन निर्वाचनले गर्छ । जहाँसम्म सभापतिको उम्मेदवारको कुरा हो हामीलाई पनि लाग्छ पार्टीमा महत्वपुर्ण जिम्मेवारी लिन तयार छौं । यसको बाबजुद राजनैतिक नेतृत्व भन्ने विषय बोलेर मात्रै पुग्दैन । पार्टीभित्र सम्मान दिने संस्कार पनि छ, सुझबुझ अनुभवको कुरा पनि छ, कतिपय कुरा राष्ट्रिय अन्तराष्ट्रिय परिस्थिति पनि हेर्नुपर्छ ।

अहिले विशिष्ट परिस्थितिमा हामी छौं । यसलाई बुझेर नेतृत्व दिनुपर्ने प्रमुख विषय हो । पार्टी सम्हाल्ने कुरा बाहिर देखिए जस्तो हुदैन । यस कारणले मलाई लाग्छ अनुभव र पछिल्लो अवस्थामा दिनुभएको परिपक्व नेतृत्व जो शेरबहादुर देउवाले दिनुभएको छ । आलोचना टिप्पणीहरू होलान् देउवाको तर अहिलेको अप्ठेरो अवस्थामा उहाँले दिएको नेतृत्वलाई नै निरन्तरता दिनुपर्छ भन्ने ठूलो संख्या छ ।

यसको अर्थ रामचन्द्र पौडेल, शेर बहादुर देउवा, शंशाक कोइराला, विमलेन्द्र निधिलाई एकै ठाउँमा लडाउने हो त ?

यस्तो छ कुरा, अहिले उपसभापति दुईजना हुनुहुन्छ । पहिला एक जना हुनुहुन्थ्यो । महामन्त्री दुईजना निर्वाचित हुन सक्नुहुन्छ । यदि हामी संगै काम गरौ फलानो पद मलाई नै चाहिन्छ नभनेर अहिले नै हुनुपर्छ भनेर त्याग्ने हो भने ठाउँ छ । होइन म पछि गर्दिन अहिले नै हुनुपर्छ भन्ने कुरा आयो भने अवश्य पनि समस्या आउँछ ।

ल फेरि पनि शेर बहादुर देउवा र रामचन्द्र पौडेल नेतृत्वमा नै दोहोरिने हो भने तपाईँहरूको राजनीतिक समय, उमेर र भविष्य ५ वर्ष पछाडि धकेलिने छ । यो बारे पनि कठोर भएर निर्णय गर्नुपर्ने बेला आएको होइन र ?

म आफूलाई पनि नेतृत्वको लागि योग्य ठान्छु । सभापति भएर पार्टीलाई हाँक्न सक्छु भन्ने लाग्छ । अगाडि शेरबहादुर देउवाको चर्चा गरेँ, रामचन्द्र दाइ पनि वरिष्ठ र बराबर अनुभव भएको नेता हुनुहुन्छ ।

हाम्रो अग्रज रहनुभएका दाइहरू हुँदा हुँदै अगाडी बढ्न सकिने अवस्था छैन । यसले हामीलाई नै घाटा छ भन्ने जान्दा जान्दै पार्टीको परम्परा र संरचनाले र अनुभवले दाइहरूको सान्दर्भिकता अहिले पनि छ । हो, यो हामीले बुझेका छौं ।

हामी केही वर्षपछि धकेलिनेछौँ तर हामी त्यो दाबी गरिरहेका छैनौ । मेरो कुरा गर्नुहुन्छ भने म सहमहामन्त्री भइसकेँ सबै किसिमको अनुभव छ तर सभापति दाबी गरिरहेको छैन ।

यस्तै अरु साथीहरूले पनि माथि दाबी गरिरहनुभएको छ जस्तै विमलेन्द्र जी पनि हुनुहुन्छ । निर्वाचनको समय आइसकेपछि कतिपय बन्छु भनेका हरू फेरी नबन्ने दाउमा पुग्नुहोला ।

कतिपय उम्मेदवारी नै नदिएका साथीहरू नै अगाडि सर्नुहोला । त्यसकारण अहिले नै यस्तो भइसक्यो भन्ने अवस्था आईसकेको छैन ।

पछिल्लो समय एकदमै चर्चामा रहेको प्रसंग ३ शीर्ष नेताका सुपुत्रहरू संयोगले सबैको पार्टी भित्र अलग अलग योगदान छ । यसलाई बंश वा नाताले जोड्नुपर्दैन । तीनै जनाको घरमा लञ्च मिटिङ भयो यसले नयाँ गुट जन्मायो कि भन्ने छ । पार्टी भित्र दुई समुह अहिले पनि छ । यसलाई कसरी हेर्नुभएको छ ?

उहाँहरूको भेटघाट मात्रैको कुरा त केही होइन तर हामी नेता पुत्र नै त्यसैको हैसियतले त्यसमा नै सिमित रहेर बैठक बस्यो । यसलाई आम कार्यकर्ता पंक्तिले सहज रूपमा लिएको छैन । यो पार्टी समग्र जनताहरूको छोराछोरीहरूको पार्टी हो । उहाँका पिता जी नेताहरूले गरेको योगदान ठूलो छ । हाम्रो सम्मान पनि छ । तर यो पार्टी त मेरो बुबा मेरो आमा नेता थिएनन् भने पनि मेरो काम र योगदानको आधारमा हामी स्थापित हुन सक्छौं ।

हामी पार्टी सबै बर्ग, क्षेत्र आउनुपर्छ भनिरहेका छौ । उहाँहरूले जसको बुबाहरू नेता हुनुहुन्थ्यो, त्यसमा मात्रै सिमित भएर पटक पटक बैठक बस्नुभयो । यसले उहाँहरूको लागि सकारात्मक सन्देश दिएको जस्तो मलाई लाग्दैन । पार्टीमा लाखौ नेता कार्यकर्ताहरू छन् सबैको धेरै थोरै योगदान छ । कतिपय य अवस्थामा उहाँहरूले गरेको भन्दा बढी योगदान गरेका साथीहरू छन् ।

यसकारण हामी मिल्यौ भने मात्रै नेतृत्व आउँछ भन्ने कुरा कार्यकर्ताले सहज रूपमा स्वीकार गर्दैनन् । त्यसमा नेता पुत्र पनि बुबा नेता नभए पनि पार्टीमा योगदान गरेका सबै जोडिँदा सहज हुन्छ ।

यो प्रसङ्गको अर्को पाटो पनि छ , अब शेरबहादुर देउवाको अर्को विकल्प खोज्नुपर्छ भन्ने मुख्य देखिन्छ । मान्नुहुन्छ ?

विकल्प खोज्दा नेता पुत्र मा नै सिमित हुनुपर्छ भन्ने छैन नि । विकल्प खोज्न पाइन्छ । पिता नेता नभएका अरू पनि योग्य पात्र छन् नि । विकल्प खोज्न सकिन्छ । ठूलो प्रतिष्पर्धा छ तर यसमा नै सिमित हुनुपर्छ भन्ने छैन ।

लामो समय शेरबहादुर देउवालाई आड, भरोसा, विश्वास, नेतृत्व सहयोग सबै गर्नुभएका विमलेन्द्र निधि सभापतिको उम्मेदवार हुन्छु भनेर देउवा समूहबाट बाहिरिनुभएको छ । संस्थापन पक्षलाई यसले असर गर्छ । यसको मुल्यांकन कसरी गर्नुभएको छ ?

शेरबहादुर जीको उम्मेदवारी रहिरहँदा र विमलेन्द्र जीले म अलगै लड्छु भन्दा प्रभाव त पर्छ नै । प्रभाव पर्दैन भन्ने छैन । यस विषयमा धेरै साथीहरूले विमलेन्द्रजीलाई सल्लाह दिँदा अहिलेको अप्ठेरो अवस्थामा शेरबहादुर जीले एकपटक नेतृत्व गर्छु भन्नुभएको छ । समझदारी गरेर जाँदा राम्रो हुन्छ भनेर धेरैले भनेका छन् । यद्यपि उहाँ (विमलेन्द्र निधि) ले लड्छु भन्नुभएको छ । तर म के भन्छु भने अहिले नै अन्तिम टुंगो लागिसक्यो भन्ने निष्कर्षमा पुग्नु हुदैन । नोमिनेसन गर्ने बेलासम्म उहाँले विचार परिर्वतन गर्न सक्नुहुन्छ । त्यसपछि एउटा आम समझदारी पनि बन्न सक्दछ भन्ने मलाई लागेको छ । तर उहाँ आफै उम्मेदवारी दिन योग्य हुनुहुन्छ । उहाँको अधिकार पनि छ । यसलाई सम्मान गर्दै अहिले नै छिनोफानो भइसक्यो अलग अलग बाटो लागिसक्नुभयो भन्ने मुल्यांकन अलि अपरिपक्व हुन्छ ।

सबैले आ आफ्नो उम्मेदवारी दाबी गरिसकेका छन् तर तपाईले गर्नुभएको छैन । तपाईको दाबी कुन पदमा हो ?

पार्टी सभापति स्वयंले पनि साथीहरूको बीचमा भनेपनि औपचारिक रूपमा घोषणा गर्नुभएको छैन । त्यसकारण हामीले  पनि घोषणा गर्न हतार गर्नुभएन । तथापि म सहमहामन्त्री भईसकेको छु । पहिला नै महामन्त्रीको लागि दाबी थियो । त्यसको लागि योग्यता र पृष्ठभूमि म संग छ । सभापति पदमा शेरबहादुर दाइ आफै लड्छु भनेकाले सभापति पदमा दाबी छैन ।

म जाने भनेको महामन्त्री र उपसभापति पदमा हो । म चुनाव लड्ने हो । महामन्त्री वा उपसभापति पदमा लड्छु । नेतृत्व तहसँग पनि प्रारम्भिक कुरा भएको छ । यसको औपचारिक घोषणा समय आएपछि समझदारी र टिम बनेपछि घोषणा गर्नु उपयुक्त भनेर अहिले नगरेको हो । मैले दाबी गरेको पदमा पुग्दा गर्ने काम र दृष्टिकोण स्पष्ट छ ।

फेरि पनि,नेतृत्वले तपाईलाई यो पदका लागि लड्न तयार हुनुहोस् भनेर भनेको होला नि ?

यी कुराहरू भईसकेको छ । यी कुरा नभई म यसरी बोल्ने थिइनँ । त्यो राम्रो पनि हुदैन । हामी संस्कार अगाल्छौ । उत्ताउलो भएर राजनीति कहिलेकाहीँ गरेनौं । यस विषयमा छलफल भएको छ । तर औपचारिक रूपमा घोषणा कसैको पनि नभएको अवस्थामा मैले पनि नगरेको हो । तर म सहमहामन्त्री भन्दा माथि महामन्त्री अथवा उपसभापति पदमा लड्छु । यसको औपचारिक घोषणा केही समयपछि गर्छु ।

hAMROPATRO BELOW NEWS
TATA Below
जेठ २२, २०८०

प्राध्यापक डा. जयराज आचार्यले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भारत भ्रमण फलदायी नभएको टिप्पणी गरेका छन् । देशको प्राथमिकतालाई पहिचान गर्न नसक्दा प्रधानमन्त्री चुकेको उनको टिप्पणी छ । ‘हा...

फागुन ३, २०८०

नेपाली कांग्रेसबाट धोका भएको र गठबन्धन सम्बन्धमा पुनर्विचार गर्नुपर्ने अवस्था आउन सक्ने प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अभिव्यक्तिले राजनीति तरंगित छ ।  माओवादीको विधा...

जेठ १९, २०८०

​​संघीय संसद्को बजेट अधिवेशन प्रारम्भ भई संवैधानिक प्रबन्धअनुसार दुवै सदनको संयुक्त बैठकमा यही जेठ १५ गते नेपाल सरकारका अर्थमन्त्रीबाट आर्थिक वर्ष २०८०/८१ को वार्षिक आय–व्यय (बजेट) प्रस्तुत भइसकेको छ । ...

जेठ २९, २०८०

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारत भ्रमणबाट फर्किएको केही दिनमै पशुपतिनाथ मन्दिरमा पुगेको विषय अहिले सर्वत्र चर्चामा छ । त्यसो त भारत भ्रमणमै छँदा प्रचण्डले गेरुवस्त्र लगाएर उज्जैनस्थित महाकालेश्वर...

असोज ३, २०८०

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल समाजवादी पार्टी (नेसपा)का एकजना अध्यक्ष महिन्द्र राय यादवलाई पार्टी एकताका लागि पत्र पठाएपछि नेसपामा खैलाबैला उत्पन्न भएको छ ।&nb...

चैत २५, २०७९

वैशाख १० गते हुने प्रतिनिधिसभा सदस्यको उपनिर्वाचन नजिकिँदै गर्दा चितवनमा राजनीतिक गतिविधि बढेको छ । मंसिर ४ को चुनावमा रास्वपा विजयी भएको चितवन २ मा उपनिर्वाचनका माध्यमबाट आफ्नो राजनीतिक विरासत फर्काउन न...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x