जेठ ७, २०७९
भरतपुर महानगरपालिकामा गठबन्धनबाट मेयर उम्मेदवार नेकपा माओवादी केन्द्रकी रेनु दाहालले साढे ६ हजारभन्दा बढीको मतान्तर कायमै राखेकी छन् । ७९ हजार ९१० मतगणना हुँदासम्म दाहालले ६ हजार ५४० मतको अग्र...
अपाङ्गता भएकाहरुलाई लक्षित गरेर बुटवल उपमहानगरपालिकाले उनीहरुको घरदैलोमा प्राथमिक स्वास्थ्य सेवा उपलव्ध गराउन शुरू गरेको छ ।
अस्पतालसम्म लैजान गाह्रो हुने र असहज हुने विभिन्न तहका अपाङ्गता भएका बुटवलका नागरिकका लागि घरमै पुगेर स्वास्थ्य अवस्थाको जानकारी लिने र प्राथमिक स्वास्थ्य सेवा तथा औषधि निशुल्क उपलब्ध गराउने काम शुरू भएको उपमहानगरका प्रमुख शिवराज सुवेदीले जानकारी दिए ।
उपप्रमुख गुमादेवी आचार्य नेतृत्वमा स्वास्थ्यकर्मी, मनोपरामर्शदाता र कर्मचारीहरुको टोलीले बिहीबारदेखि घरदैलो अभियान शुरू गरेको हो । उपमहानगरका १९ वटै वडामा रहेका अपांगता भएकाहरुको लगत संकलन गरी उनीहरुको अवस्थाको विश्लेषण गरेर प्राथमिकताका आधारमा यस्तो अभियान शुरू गरिएको उपप्रमुख आचार्यले बताइन् ।
बुटवलमा विभिन्न १० प्रकारका अपाङ्गता भएका करिब १ हजार ३६५ जना रहेको तथ्यांक संकलन भएको छ । अहिले शुरू भएको घरदैलो स्वास्थ्य सेवाको पहिलो कार्यक्रम क र ख वर्गमा रहेका ३ सय २३ जनालाई पुर्याइने छ । त्यसपछि ग र घ वर्गका लागि अवस्था अनुसारका सेवा उपलव्ध गराउने गरी तयारी भइरहेको उपमहानगरका महाशाखा प्रमुख तुलसा अर्यालले बताइन् ।
घरदैलो स्वास्थ्य सेवाका अतिरिक्त बुटवलले अपांगता भएकाहरुलाई उनीहरुको रूचिका आधारमा विभिन्न सीपमूलक तालिमको समेत व्यवस्था मिलाएको छ ।
अपांगता भएकाहरुलाई शिक्षा, परामर्शलगायतका काम गर्दै आएका सुस्त मनस्थिति बाल विद्या मन्दिरका लोकनाथ भुषालले बुटवलले अपांगता लक्षित घरदैलो स्वास्थ्य सेवा सञ्चालन गरेर मुलुकमै नमुना काम गरेको भन्दै सराहना गरे ।
अपांगता भएका बुटवल–१२ नयाँगाउँ भैरहवा टोलका दिदीबहिनी ३६ वर्षीया सीला र २७ वर्षीया सीमा मल्ल, बुटवल–१६ मधैयाका १५ वर्षीया कमला पोखरेल तथा बुटवल १६ का दाजुबहिनी ३५ वर्षीय हरि र २८ वर्षीया मिना गौतमको स्वास्थ्य अवस्थाको जाँच गरिएको छ ।
भरतपुर महानगरपालिकामा गठबन्धनबाट मेयर उम्मेदवार नेकपा माओवादी केन्द्रकी रेनु दाहालले साढे ६ हजारभन्दा बढीको मतान्तर कायमै राखेकी छन् । ७९ हजार ९१० मतगणना हुँदासम्म दाहालले ६ हजार ५४० मतको अग्र...
मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२ स्थित कुलेखानी सिमखोलामा जीप दुर्घटना हुँदा मृत्यु हुनेको संखया ४ पुगेको छ । वीरगञ्जबाट काठमाडौँतर्फ जाँदै गरेको ना४च२३१५ नंको जीप शनिबार साँझ सिमखोला पुलको बारमा...
प्रहरीले बालिका करणी गरेको आरोपमा झापामा एक म्यादी प्रहरी पक्राउ परेका छन् । पक्राउ पर्नेमा उदयपुरको ताप्ली गाउँपालिका–५ का ३० वर्षीय कमलप्रसाद पोख्रेल रहेको जिल्ला प्रहरी कार्यालय झापाले जना...
काठमाडौँ महानगरपालिकाले आइतबार सार्वजनिक बिदाको दिन बिहान ८ देखि ११ बजेसम्म कार्यलय सञ्चालन गर्ने भएको छ । कामपाको राजश्व विभाग र वडा कार्यलयहरू उक्त समय अवधिभित्र सञ्चालन रहने कामपाको विभागीय प्रमुख महेश काफ्...
ब्युटी प्याजेन्टको नाममा नाबालिगमाथि बलात्कार गरेको आरोप लागेका मनोज पाण्डे पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी वसन्त कुँवरका अनुसार उनलाई स्वयम्भुबाट पक्राउ गरिएक...
डोटीमा शनिवार बिहान बस दुर्घटना भएको छ । दुर्घटनामा परी घाइते भएका १२ मध्ये ५ जनाको अवस्था गम्भीर रहेकाले उपचारका लागि जिल्ला बाहिर पठाउने तयारी भएको दिपायल इलाका प्रहरी कार्यालयका प्रमुख रुपसिंह थ...
रातको १ बजे यो आलेख लेख्दासम्म नेकपा माओवादी केन्द्रले देशभरका ७९ स्थानीय तहमा विजय हाँसिल गरेको छ, साथै ३८ स्थानमा अग्रता कायम गरेको छ । यसरी हेर्दा माओवादीले ११०–१२० स्थानीय तह जित्ने आकलन ग...
स्थानीय तह निर्वाचनको मतदान मितिभन्दा ठीक ११ दिनअघि, सोमवार (१९ वैशाखमा) निर्वाचन आयोगले एउटा चेतावनीयुक्त विज्ञप्ति जारी गर्यो । विज्ञप्ति चेतावनीयुक्त यसकारण पनि थियो कि त्यसमार्फत आयोगले निर्वाचन आचारसंह...
जसरी सौता-सौताका छोराछोरी मिलेर आमाको अस्तित्व रक्षाका लागि खडा हुन्छन्, त्यसरी नै नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) आमासरहकै संविधानको रक्षाका लागि खडा भएका छन् । तर, केही व्यक्तिहरू आधुनिक जमानाको काल...