२६ जेठ २०८३, मंगलबार

सञ्चार विधेयक पुनर्लेखनको माग गर्दै लुम्बिनी प्रदेश सभा अगाडि धर्ना

सञ्चार विधेयक पुनर्लेखनको माग गर्दै लुम्बिनी प्रदेश सभा अगाडि धर्ना

प्रदेश सरकारले ल्याएको सञ्चार विधेयक फिर्ता गरी पुनर्लेखनको माग गर्दै नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशले लुम्बिनी प्रदेश सभा अगाडि धर्ना दिएको छ । विधेयक निरंकुश रहेको भन्दै पत्रकार महासंघ लामो समयदेखि आन्दोलित छ । 

आइतवार १२ बजेदेखि १ बजेसम्म महासंघको कालो ब्यानरसहित धर्ना दिइएको हो । ‘लुम्बिनी प्रदेश सरकारद्वारा प्रदेश सभामा दर्ता गरिएको निरंकुश सञ्चार विधेयक फिर्ता गरी पुनर्लेखनको लागि दबाबमूलक धर्ना कार्यक्रम’ लेखिएको ब्यानरसहित महासंघ समितिका पदाधिकारी तथा जिल्लाका पत्रकारहरू धर्नामा सहभागी थिए । 

नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य भवानीप्रसाद पाण्डेले प्रदेशसभामा दर्ता गरिएको निरंकुश विधेयक फिर्ता गर्न प्रदेश सरकारलाई आग्रह गरे ।

पत्रकार महासंघ लुम्बिनी प्रदेश अध्यक्ष वसन्त गिरीले पत्रकारहरूलाई बाँध्ने तरिकाले प्रदेश सरकारले विधेयक ल्याएको भन्दै फिर्ता नहुँदासम्म आन्दोलन नरोकिने बताए । 

महासंघका महासचिव विक्रम खड्काले विधेयकको मस्यौदामा राखिएका सञ्चारमाध्यम दर्ता, नवीकरण बन्द, सञ्चार परिषद् गठन, दण्ड जरिवानाका दफाप्रति महासंघको आपत्ति रहेकाले पुनर्लेखन गर्न माग गर्दै आन्दोलनमा उत्रिएको बताए । 

धर्नामा सहभागीहरूले मिडिया विधेयक फिर्ता गर, प्रेस स्वतन्त्रता जिन्दावाद, निरंकुश सञ्चार विधेयक फिर्ता गर लगायतका ‘प्लेकार्ड’ प्रस्तुत गरेका थिए । 

salt training

कमेन्ट गर्नुहोस्