२६ जेठ २०८३, मंगलबार

दिलिप कुमारले अनुपम खेरलाई भनेका थिए- पठानको थप्पड खायौ भने जिन्दगीभर भुल्ने छैनौ

असार २७, २०७८
दिलिप कुमारले अनुपम खेरलाई भनेका थिए- पठानको थप्पड खायौ भने जिन्दगीभर भुल्ने छैनौ

बलिउडका प्रसिद्ध अभिनेता दिलिप कुमारको केही दिन अघि मात्रै निधन भएको छ । उनले हिन्दी सिनेमामा अमिट छाप छोडेका छन्, जसलाई कहिल्यै भुल्न सकिने छैन । 

दिलिप कुमारका साथमा बलिउडका धेरै हस्तीहरूले काम गरेका छन् । अहिले पनि धेरै कलाकार छन्, जो दिलिप कुमारसँग जोडिएका सम्झनाहरूलाई बताइरहेका छन् । 

बलिउड कलाकार अनुपम खेरले पनि दिलिप कुमारसँग सन् १९८६ मा रिलिज भएको चलचित्र ‘कर्मा’ मा काम गरेका थिए । 

यो चलचित्रमा अनुपम खलनायकको भूमिकामा छन् । सोही चलचित्र छायांकनका बेला भएका किस्सा अनुपमले बताएका छन् । 

चलचित्रमा एउटा दृश्य छ, जहाँ दिलिप कुमारले अनुपम खेरलाई रिसाएर थप्पड हान्छन् । अनुपमले भने, ‘कर्मा चलचित्रमा मेरो र दिलिप साहबको एउटा थप्पडवाला सिन छ, जसमा दिलिप साहबले मलाई थप्पड हान्नुपर्ने थियो ।’

उनले आफू थिएटरबाट आएकाले दृश्यलाई वास्तविकता देखाउन साँच्चै थप्पड हान्नका लागि दिलिप कुमारलाई आग्रह गरे । 

‘दिलिप साहब मुस्कुराएर भन्नु भयो– यो पठानको हात हो, यदि तिमीलाई साँच्चै थप्पड हाने भने तिमीले जिन्दगीभर भुल्न सक्ने छैनौं, त्यसैले एक्टिङ मात्रै गर म तिमीलाई थप्पड हान्दिनँ,’ अनुपमले भने। 

दिलिप कुमारको गत बुधवार मुम्बईको हिन्दूजा अस्पतालमा निधन भएको थियो । उनको निधनले बलिउड शोकमा छ । 


 

salt training

कमेन्ट गर्नुहोस्