
पछिल्लो २४ घण्टामा एक हजार ८३१ कोरोना संक्रमित थपिएका छन् । यो सँगै नेपालमा संक्रमितको संख्या ७ लाख नजिक पुगेको छ ।
हालसम्म नेपालमा पीसीआर परीक्षणबाट ६ लाख ५५ हजार ४४९ र एन्टिजेनबाट ४३ हजार ६३९ गरी कुल ६ लाख ९९ हजार ८८ संक्रमित पुगेका हुन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा पीसीआर र एन्टिजेन गरी ९ हजार २१८ परीक्षण गरिएको थियो ।
यस्तै थप २० जना संक्रमितको मृत्यु भएको छ । यससँगै मृत्यु हुनेको संख्या ९ हजार ३८२ पुगेको छ ।