२७ जेठ २०८३, बुधबार

आर्थिक अनियमितता गरेको भन्दै प्रमुख प्रशासकीय अधिकृत गुरुङसहित चार जनाविरुद्ध आरोप-पत्र दायर

आर्थिक अनियमितता गरेको भन्दै प्रमुख प्रशासकीय अधिकृत गुरुङसहित चार जनाविरुद्ध आरोप-पत्र दायर

गोरखाको वारपाक सुलिकोट गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिवबहादुर गुरुङसहित चार जनाविरुद्ध सार्वजनिक सम्पत्ति हिनामिना गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा आरोप–पत्र दायर गरेको छ । 

आयोगले गुरुङसँगै लेखापाल गंगाबहादुर घले र इन्जिनियर सुजन अंगाई र निर्माण व्यवसायी सोम एण्ड अमर कन्स्ट्रक्सन प्रालिका अमरबहादुर गुरुङविरुद्ध आरोप–पत्र दायर गरेको हो । 

बारपाक सुलिकोट गाउँपालिका–७ को झाक्रीचोकदेखि टाकुसम्मको सडक निर्माणका क्रममा स्टिमेटअनुसार काम नगरेर आर्थिक अनियमितता गरेको पुष्टि भएकाले आरोप-पत्र दायर गरिएको आयोगका प्रवक्ता नारायणप्रसाद रिसालले जानकारी दिए । 

उनीहरूविरुद्ध तीन लाख ६८ हजार ४२० रूपैयाँ १७ पैसा बिगो मागदाबी गर्दै आरोप–पत्र दायर गरिएको हो । 

आयोगका अनुसार वास्तविक कार्यभन्दा रकम बढाएर अनियमितता गरिएको थियो ।

salt training

कमेन्ट गर्नुहोस्