
नेपाल बङ्गलादेश बैंकको बङ्गलादेशी साझेदार आईएफआईसी बैंक बाहिरिने भएको छ ।
असार २८ को सञ्चालक समिति बैठकले आईएफआईसी बैंकलाई शेयर बिक्रीका लागि अनुमति दिने निर्णय गरेको हो ।
नेपाल बङ्गलादेश बैंक नेपाली लगानीकर्ता र बङ्गलादेश ढाकास्थित आइएफआईसी बैंक संयुक्त लगानीमा सञ्चालित बैंक हो ।
यस बैंकमा आईएफआईसीको ३ करोड ६८ लाख २७ हजार ४३६ कित्ता (करिब ४० प्रतिशत) शेयर लगानी छ ।
बैठकले आ.व. २०७७/७८ प्राप्त हुने लाभांशसहित ४० प्रतिशत शेयर बिक्रीको लागि अनुमति दिइएको बैंकले जनाएको छ ।
नेपाल राष्ट्र बैंकको निर्देशनानुसार शेयर खरिदका लागि पहिलो प्राथमिकता बैंकका संस्थापक सेयरधनीलाई नै हुने भएकाले आवेदनका गर्न लागि ३५ दिनको म्याद तोकिएको छ ।
संस्थापक शेयरधनीहरू बैंकको केन्द्रीय कार्यालय कमलादीस्थित शेयर शाखामा बैंक तथा वित्तीय संस्थामा कारोबार गर्ने इजाजतप्राप्त पत्रसहित नीतिगत तथा प्रक्रियागत व्यवस्था २०६३ को अनुसूची ३ बमोजिम व्यक्तिगत विवरणसहित आवेदन दिन भनिएको छ ।

