२६ जेठ २०८३, मंगलबार

युथ फोर्स ब्युँतियो, महेश बस्नेतले भने – युथ फोर्स सिरानमुनि राखिएको खुकुरी जस्तै हो

युथ फोर्स ब्युँतियो, महेश बस्नेतले भने – युथ फोर्स सिरानमुनि राखिएको खुकुरी जस्तै हो

नेकपा एमालेको भातृ संगठन युवासंघले युथ फोर्स गठन गरेको छ ।

सोमवार काठमाडौंमा बसेको युवा संघको बैठकले युथ फोर्सको गठन गरेको हो ।

यसअघि नै गठन गरिएको युथ फोर्सलाई खारेज गरिएको भए पनि पुनः गठन गरिएको छ ।

५०१ सदस्यीय युथ फोर्सको प्रमुखको जिम्मेवारी क्षितिज थेवेलाई दिइएको छ भने उपप्रमुखको जिम्मेवारी पुष्प श्रेष्ठले पाएका छन् ।

नेकपा एमालेलाई चौतर्फी घेराबन्दीमा पार्ने प्रयास भएपछि त्यसको प्रतिकारका लागि युथ फोर्सलाई ब्युँताएको नेकपा एमालेका नेता तथा युवासंघ नेपालका ईन्चार्ज महेश बस्नेतले बताए ।

उनले भने, ‘युथ फोर्स फेरि जन्मिएको छ । युथ फोर्स सिरानमुनि राखिएको खुकुरी जस्तै हो किसानको घरको र अप्ठ्यारो पर्‍यो भने संकट पर्‍यो भने यसलाई फेरि निकालिनेछ भनेर हामीले भनेका छौं । युथ फोर्स अहिले जन्मिएको छ । यसले नेकपा एमालेको सिद्धान्त विचारको रक्षा गर्नेछ । जनताको बहुदलीय जनवादको प्रयोग गर्ने सन्दर्भमा, यसलाई रक्षा गर्ने सन्दर्भमा र यसलाई विस्तार गर्ने सन्दर्भमा यसले महत्त्वपूर्ण भूमिका खेल्नेछ । यसले आवाजविहीनहरूको आवाज उठाउन भूमिका खेल्नेछ ।’

उनले युथ फोर्सलाई नेकपा एमालेमाथिको घेराबन्दी तोड्दै आवश्यकता अनुसारको प्रतिकारका लागि योजना बनाउन पनि निर्देशन दिए ।

साइबर सेनासँग सहकार्य गरी एमालेविरुद्ध भ्रम छर्नेहरूविरुद्ध सही सन्देश दिने काममा भूमिका निर्वाह गर्न उनले आग्रह गरे । नेता बस्नेतले केपी शर्मा ओली बुधवार बालकोटस्थित निवास प्रस्थान गर्दा २ हजार वटा गाडी र ३ हजार वटा मोटरसाइकललले स्वागत गर्ने पनि बताए ।

salt training

कमेन्ट गर्नुहोस्