
विशेषज्ञका अनुसार बडी मास इन्डेक्स २५ देखि माथि भयो भने मोटोपनका रुपमा लिइन्छ ।
यस्तै कम्मरको अनुपात पुरुषमा ०.९० देखि माथि र स्त्रीमा ०.८५ देखि माथि भयो भने त्यो पेटको मोटोपन हो । जो मानिसको धेरै तौल छ उनीहरूले यो दुई कुरालाई ख्याल गर्नुपर्छ ।
डाइट चार्ट बनाउनुस्

ठिक समयमा सन्तुलित खाना खानुस् । कुनै न्युट्रिसनिस्टको सल्लाहअनुसार डाइट चार्ट बनाउनुस्, जसमा तपाईंलाई के र कहिले खानुपर्ने हो सबै समेटियोस् । पुरै हप्ताको खानपानको योजना बनायो भने सबै आवश्यक पोषक तत्व, प्रोटिन र भिटामिन समावेश हुनेछ । साथै चिल्लोपना र कार्बोहाइड्रेटको मात्रा कम हुनेछ । यसले मोटोपन कम गर्न मद्दत गर्छ ।
व्यायाम गर्नुस्

यदि तपाई शारीरिक रुपले सक्रिय हुनुहुन्न भने स्वास्थ्य राम्रो बनाउन सक्नुहुन्न । धेरै क्यालोरी, फ्याट र कोलेस्ट्रोल जो तपाईं खानाबाट पाउनुहुन्छ, त्यसको सन्तुलनका लागि शारीरिक व्यायाम जरुरी हुन्छ । यसो गरिएन भने यी चीजहरू फ्याटका रुपमा शरीरमा जम्मा भइरहेको हुन्छ । व्यायाम वा योग गरे हृदयाघात, उच्च रक्तचाप, मधुमेह आदि नियन्त्रित हुन्छ ।
एकपटक धेरै खाना खान नखानुस्

एक साथ धेरै खाना खान हुँदैन । जब तपाईंलाई भोक लाग्छ, यो ध्यानमा राख्नुपर्छ कि कुनै पनि खानेकुरा स्वादका लागि मात्रै खान हुँदैन । यो पनि सत्य हो जो मानिस जब तनावमा हुन्छ तब आवश्यकताभन्दा बढी खाना खान्छ । जब तपाई तनावमा हुनुहुन्छ तब खानेकुराबाट बच्नुस् । साथै स्न्याक्समा स्वस्थ्यकर चिज मात्रै समावेश गर्नुहोस् ।