२६ जेठ २०८३, मंगलबार

प्रदेशमा प्रज्ञा प्रतिष्ठान गठनको गृहकार्य भइरहेको छ : मुख्यमन्त्री राउत

असार २९, २०७८
प्रदेशमा प्रज्ञा प्रतिष्ठान गठनको गृहकार्य भइरहेको छ : मुख्यमन्त्री राउत
फाइल फोटो

२ नम्बर प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले ६ जना स्रष्टालाई नेपाल विद्यापति पुरस्कार–२०७७ बाट सम्मान गरेका छन् ।

सो पुरस्कारअन्तर्गत नेपाल विद्यापति मैथिली भाषा साहित्य पुरस्कारबाट मैथिली साहित्य परिषद् (राजविराज), नेपाल विद्यापति मैथिली अनुवाद पुरस्कारबाट वृषेशचन्द्र लाल (जनकपुरधाम), नेपाल विद्यापति मैथिली अनुसन्धान पुरस्कारबाट सुजितकुमार झा (जनकपुरधाम), नेपाल विद्यापति मैथिली पाण्डुलिपी पुरस्करबाट अमरेन्द्र यादव (राजविराज), नेपाल विद्यापति मैथिली कला, संस्कृति पुरस्कारबाट अजितकुमार साह (जनकपुरधाम) र सुनिताकुमारी साह सम्मानित भएका छन् ।

विद्यापति पुरस्कार कोषबाट बर्सेनि दिइने पुरस्कारको राशि क्रमशः २ लाख, १ लाख र ५०/५० हजार रुपैयाँ रहेको छ । परिषद्लाई मैथिल संस्कृति, सभ्यता, भाषा र संरक्षण, लाललाई बिपी कोइरालाको ‘मोदियाइन’ उपन्यासको मैथिली अनुवाद, झालाई ‘पुनि पुनि होत विवाह’ विषयक अनुसन्धान, यादवलाई ‘स्त्री आ आगि’ नामक कविता संग्रह, अजितकुमार साह र सुनिताकुमारी साहलाई कला संस्कृति र गायनका लागि पुरस्कृत गरिएको हो ।

सो अवसरमा मुख्यमन्त्री राउतले प्रदेश सरकारले प्रदेशमा प्रज्ञा प्रतिष्ठान गठन गर्ने गृहकार्य गरिरहेको जानकारी दिए । ऐन निर्माणमा समय लाग्ने भएकाले मन्त्रिपरिषद्बाट कार्य आदेशमार्फत प्रतिष्ठान गर्न प्रयासरत रहेको उनले बताए । पूर्वाधार विकासबाट मात्र समृद्धि हुन नसक्ने बताउँदै मुख्यमन्त्री राउतले भाषा, कला, संस्कृतिको विकासबाट समग्र विकासको गन्तव्य सफल हुनसक्ने धारणा राखे ।

salt training

कमेन्ट गर्नुहोस्