२६ जेठ २०८३, मंगलबार

शिक्षा सुधारका लागि ३७ बुँदे प्रतिबद्धता

कात्तिक २०, २०७४
शिक्षा सुधारका लागि ३७ बुँदे प्रतिबद्धता


बैतडी, २५ जेठ - शैक्षिक गुणस्तर सुधारका लागि ३७ बुँदे प्रतिबद्धतापत्र सार्वजनिक गरिएको छ ।

सामुदायिक विद्यालयको गुणस्तर सुधार्न ज्ञानेश्वर माविमा आयोजित कार्यक्रममा जिशिअ लालसिंह टेरले उक्त प्रतिबद्धता पत्र सार्वजनिक गर्नुभएको हो ।education

प्रतिबद्धता पत्रमा ‘विद्यालय शान्ति क्षेत्र’ कार्यक्रमलाई प्रभावकारी बनाइने, सामुदायिक विद्यालयको सिकाइ उपलब्धिमा वृद्धि गर्ने, परीक्षा प्रणालीमा सुधार ल्याइने, विद्यालयमा प्राप्त स्रोतको समुचित प्रयोग गर्ने, विद्यालयलाई प्रविधिमैत्री बनाइने, सबै बालबालिकाको विद्यालयमा पहुँच पु¥याइनेलगायत विषय छन् ।

यसैगरी निःशुल्क पाठ्यपुस्तक समयमै पु¥याउने, शिक्षण सिकाइलाई प्रभावकारी बनाउनेलगायत बुँदाहरु पत्रमा समेटिएका छन् ।

गुणस्तर सुधारका लागि प्रतिबद्धता पत्र सार्वजनिक गर्दै गुणस्तरमा सुधार ल्याउन पहल भइरहेको क्षेत्रीय शिक्षा निर्देशक लालजङ्ग चौहानले बताउनुभयो । उहाँले भन्नुभयो, “सामुदायिक विद्यालयको सुधारका लागि समुदायले पहल गर्नुपर्ने र राज्यले प्रदान गरेका स्रोतको सही सदुपयोग हुनुपर्छ ।” रासस

salt training

कमेन्ट गर्नुहोस्