चैत १, २०८०
सर्वोच्च अदालतको परमादेशले प्रधानमन्त्रीबाट पदमुक्त भएपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बालुवाटारबाट रित्तो हात फर्केका थिए, २०७८ असार ३० गते । संसद् विघटनको अवगाल छँदै थियो, लामो समय सँगै राजनीति गर...
अफगानिस्तानको युद्धमा २० वर्षसम्म फसेको अमेरिकाले त्यहाँबाट आफ्ना सबै सैनिक फिर्ता बोलाउने प्रक्रिया थालिसकेको छ । त्यहाँ रहेका अमेरिकाका शीर्ष सैन्य कमान्डर जनरल स्कट मिलर पनि सोमवार फिर्ता गइसकेका छन् । सैनिकहरू फिर्ता लैजाने क्रममा अमेरिकाले देखाएको हतारोले ऊ अब त्यहाँको युद्धबाट अघाइसकेको देखिएको छ ।
सन् २००१ मा न्युयोर्कको ट्विन टावरमा गरिएको आक्रमणको बदला लिनका लागि अफगानिस्तानमा लुकेर बसेका आतंकवादी संगठन अलकायदाका प्रमुख ओसामा बिन लादेनको खोजीमा अमेरिका युद्धमा होमिएको थियो ।
अमेरिका तथा उसका साझेदारहरूविरुद्ध आतंकवादको जोखिमलाई न्यूनीकरण गर्नु अफगानिस्तानमा अमेरिकाको पहिलो रणनीतिक अभीष्ट थियो । अमेरिकाको मुख्यभूमिमा नै आक्रमण गर्न सक्ने हिम्मत राखेको अलकायदालाई ध्वस्त पार्ने अमेरिकी रणनीति एक हदसम्म बुझ्न सकिन्थ्यो । एक दशकअघि नै अमेरिकाले त्यो अभीष्ट पूरा समेत गरिसकेको थियो र अहिले अलकायदा पहिलेको जस्तो बलियो पनि छैन ।
अमेरिकाले अफगानिस्तानमा आफूअनुकूलको शासक राखेर राष्ट्रनिर्माण (नेसन बिल्डिङ) गर्ने दोस्रो अभीष्ट बनाउनु चाहिँ उसको भूल साबित भएको छ । यसमा अमेरिकाको रणनीतिक कमजोरी देखिन्छ अनि उसले इतिहासबाट पाठ सिक्न नसकेको पनि देखिन्छ ।
अफगानिस्तानले कहिले पनि विदेशी शक्तिको खटनपटन मानेको इतिहास छैन । उन्नाईसौं शताब्दीमा बेलायतले साम्राज्य विस्तार गर्दै जाँदा भारतीय उपमहाद्वीपमा कब्जा गरेको थियो ।
भारतलाई नियन्त्रणमा लिएको बेलायतलाई रुसी साम्राज्यले मध्य एसिया कब्जा गर्दै अघि बढिरहँदा भारतमा आइपुग्ला चिन्ता भयो । द ग्रेट गेम नाम दिइएको उक्त प्रतिस्पर्धामा रुसलाई रोक्नका लागि बेलायतले मध्य एसिया तथा दक्षिण एसियाको पुलका रूपमा रहेको अफगानिस्तानमा कब्जा गर्नुपर्ने भयो ।
बेलायतले अफगानिस्तानसँग सन् १८३९ देखि १८४२ सम्म गरेको युद्धपछि शासन चलाइरहेका अमिरलाई हटाएर आफ्नो कठपुतलीलाई शासन चलाउन लगायो । ती कठपुतली शाह शुजाह दुर्रानी अफगान जनतामाझ लोकप्रिय थिएनन्, फलस्वरूप बेलायतीहरूका विरुद्ध अफगानहरू उठे अनि बेलायती सेनालाई लखेटे ।
दोस्रोपटक बेलायत र अफगानिस्तानबीच सन् १८७८ देखि १८८१ सम्म युद्ध हुँदा बेलायतले अघिल्लोपटककै जस्तो गल्ती दोहोर्यायो । विदेशी फौज आफ्नो भूमिमा आउने र अफगान जनताले नरुचाएका व्यक्तिलाई शासनमा राख्ने क्रियाकलापलाई अफगानले मन पराउने कुरै थिएन ।
सन् १९१७ मा पनि बेलायत र अफगानिस्तानबीच युद्ध भयो तर त्यसले बेलायतलाई कुनै फाइदा भएन । त्यसपछि दुईवटा विश्वयुद्ध भए अनि बेलायत दक्षिण एसियाबाट बाहिरियो ।
शीतयुद्ध चलिरहेको बेलामा अफगानिस्तान सन् १९७० को दशकमा अशान्त भयो । त्यहाँको सत्तासंघर्षमा शक्तिशाली नेताहरू मारिएपछि सोभियत संघले रणनीतिक तथा सामरिक रूपमा महत्त्वपूर्ण अफगानिस्तान कब्जामा लिनुपर्ने सोच बनायो ।
तर यसक्रममा उसले बेलायतकै गल्ती दोहोर्यायो । सोभियत सैनिकहरूले काबुलमा कब्जा जमाएपछि बाबराक कारमाललाई सत्तामा पुर्याइयो । कारमाल अफगान जनतामाझ लोकप्रिय नेता थिएनन् । सोभियत कब्जा तथा कारमाल शासनका विरुद्ध विभिन्न अफगान कबिलाहरू एकजुट भएर विद्रोह गर्न थाले ।
शीतयुद्धको समयमा सोभियतलाई रोक्नका लागि अमेरिकाले अफगान कबिला लडाकूहरूलाई हातहतियार उपलब्ध गरायो । पाकिस्तानको बाटो हुँदै मुजाहिद्दीनहरूलाई गोप्य तरिकाले हतियार पुर्याउने काम अमेरिकी गुप्तचर संस्था सीआईएले गरेको थियो ।
मुजाहिद्दीनको आक्रमणले सोभियत सेनालाई आच्छुआच्छु पारेपछि कारमाललाई हटाएर कठोर शासन चलाउने नजीबुल्लाहलाई सत्तामा ल्याइयो । तर मुजाहिद्दीनको संघर्ष झनै चर्कियो । अन्ततोगत्वा सन् १९८९ मा सोभियत सेना अफगानिस्तानबाट बाहिरिन बाध्य भयो । शीतयुद्धको अन्त्य भएर सोभियत संघ पतन हुने बेला पनि आइसकेको थियो ।
सोभियत सेनालाई हराएका कबिला अफगान लडाकूहरूले सन् १९९२ मा नजीबुल्लाहको हत्या गरे अनि शासन चलाउन थाले । तर आन्तरिक संघर्षका कारण उनीहरूको शासन लामो समय चलेन । गृहयुद्ध चर्कियो अनि धेरैले ज्यान गुमाए ।
यही समयमा तालिबानको उदय भयो र सन् १९९६ मा तालिबानले काबुलमा शासन चलाउन थाल्यो । इस्लामको कट्टरपन्थी शरिया कानून लगाएर तालिबानको कठोर शासन चल्यो । सोभियतसँगको युद्धमा सहभागी भएका तर अमेरिकीहरूलाई पटक्कै मन नपराउने ओसामा बिन लादेन तालिबानहरूसँग हात मिलाउन आइपुगे र अमेरिकामाथिको आक्रमणको योजना बुने ।
लादेनको आक्रमणपछि अमेरिका अफगानिस्तान युद्धमा होमियो र अलकायदालाई तहसनहस बनायो । लादेनलाई निकै पछि पाकिस्तानको एउटा घरमा गएर अमेरिकाले मारिदियो । तर अफगानिस्तानमा आफूले रोजेको व्यक्तिलाई शासन चलाउन दिने तथा अफगानहरूको धर्म तथा संस्कृतिलाई बेवास्ता गर्दै दमन गर्ने काम गर्दा अमेरिकी तथा पश्चिमाहरूप्रति अफगान कठोर बन्दै गए ।
आम अफगानहरूमाझ लोकप्रिय नरहेका हमिद कारजाई वा अशरफ गानीले पूरै देशमा शासन चलाउन सक्ने कुरै थिएन । पश्चिमी सैनिकहरूको आडमा देखावटी स्थिरता देशमा कायम भए पनि शक्तिसंघर्ष चलिरहेकै थियो र तालिबानले आफ्नो शक्ति बढाउँदै लगेको थियो ।
त्यसमाथि अफगान शासकहरू आफ्नै गोजी भर्नतिर लागे । अमेरिकाले अफगानिस्तान सेनालाई बलियो बनाउनका लागि अर्बौं डलर खर्च गरेको भए पनि अधिकांश पैसा सरकारी तथा गैरसरकारी बिचौलियाहरूले खाइदिएपछि अहिले अफगान सेना पंगु भएको छ । तालिबानसँगको लडाइँमा अफगान सेना टिक्न सकिरहेको छैन । फलस्वरूप, अफगानिस्तानको ८० प्रतिशतभन्दा बढी भाग तालिबानको कब्जामा छ ।
अफगानिस्तान एक सिंगो राज्यभन्दा पनि परिसंघ (कन्फेडरेसन) जस्तो छ । त्यहाँ विभिन्न कबिलाहरूको आफ्नै क्षेत्राधिकार छ । उत्तरमा उज्बेक, ताजिक, तुर्कमेन र हजाराहरूको हैकम चल्छ भने अन्य ठाउँमा पश्तुनहरू हावी छन् । त्यसैले सबैलाई एकताबद्ध गरेर राख्नु एकदमै मुश्किल काम हो जुन पश्चिमले छानेको पात्रबाट सम्भव नै छैन ।
अलकायदालाई छिन्नभिन्न पारेर आफ्नो सुरक्षा बलियो बनाउने अभीष्ट पूरा गरेको अमेरिकाले तालिबानसँग अलकायदा तथा इस्लामिक स्टेटलाई नियन्त्रणमा राख्ने प्रतिबद्धता हासिल गरेको छ । अफगानिस्तानलाई आफूअनुरूपको उदारवादी लोकतान्त्रिक मुलुक बनाउन नसकिने दिव्यज्ञान अमेरिकाले धेरै अघि नै पाइसकेको भए पनि झ्याप्पै हटिहाल्दा बेइज्जती हुने डरले गर्दा सैनिकहरू त्यहाँ राखिरहेको थियो ।
तर अमेरिका अब विश्वका अन्य भागमा भएका युद्धमा संलग्न हुनुहँुदैन, देशभित्रै भत्केको व्यवस्था सपार्नतिर लाग्नुपर्छ भन्ने जनमत बलियो हुँदै गएको छ । त्यसमाथि अफ्रिका तथा पश्चिम एसियाका विभिन्न भागमा आतंकवादको खतरा अफगानिस्तानको भन्दा बढी भएको आकलन अमेरिकाले गरेको छ ।
तर सैनिक फिर्ता लगेको भन्दैमा अमेरिकाले अफगानिस्तानमा पटक्कै चासो राख्दैन भन्ने हैन । उसले अफगान भूमिमा नरही टाढा बसेर क्षेप्यास्त्र आक्रमण गर्न सक्ने सम्भावना कायम छ । त्यसका लागि अमेरिकाले पाकिस्तानलाई उसको भूमिमा एयरबेस बनाउन दिन भनेको छ तर पाकिस्तानले मानेको छैन । अमेरिकासँग घनीभूत साझेदारी गर्न खोजिरहेको भारतले सैन्य बेस बनाउन दिनुपर्छ भनी अहिले भारतमा पैरवीहरू भइरहेका छन् ।
त्यसमाथि अमेरिकाको चासो अब आतंकवादविरुद्धको युद्धभन्दा पनि महाशक्ति प्रतिस्पर्धातिर सोझिएको छ । चीन (र रुस) विरुद्धको प्रतिस्पर्धालाई अमेरिकाले अहिले प्राथमिकतामा राखेको छ ।
युद्ध रणनीतिविद् डेभिड किलकलनको शब्द सापटी लिनुपर्दा अमेरिकाको लडाइँ अब सर्पसँग नभई ड्रागन (चीन, रुस)सँग छ । आफ्नो ताजा पुस्तक ‘द ड्रागन्स यान्ड द स्नेक्स : हाउ द रेस्ट लर्न्ट टु फाइट द वेस्ट’मा किलकलनले आतंकवादी र छापामार लडाकूजस्ता गैरराज्य शक्तिलाई सर्पको बिम्ब दिँदै तिनको जोखिम (ननस्टेट थ्रेट्स) मा अमेरिकाले लामो समय ध्यान केन्द्रित गरेको उल्लेख गरेका छन् ।
तिनमा ध्यान केन्द्रित हुँदा शक्तिराज्य अर्थात् ड्रागनहरूले आफ्नो युद्धक्षमता बढाउँदै लगेको र अमेरिकालाई चुनौती दिने हैसियतमा पुगेको किलकलनको भनाइ छ । त्यसैले यो चुनौतीको सामना गर्न अमेरिकाले नयाँ रणनीति बनाउनुपर्ने देखिन्छ । अफगानिस्तानको अन्त्यहीन युद्धमा फसेर बस्ने सुविधा उसलाई छैन ।
सन् २०१८ मा अमेरिकाले सार्वजनिक गरेको राष्ट्रिय सुरक्षा रणनीतिमा निकटवर्ती समकक्षी प्रतिस्पर्धा (नीयर–पीयर कम्पिटिसन) लाई देशको रणनीतिक प्राथमिकताको उच्च सूचीमा राखिएको छ । अमेरिकाका निकटवर्ती प्रतिस्पर्धी चीन तथा रुसले तीव्र गतिमा हातहतियार विकास गरेर अमेरिकालाई चुनौती दिने स्थितिमा पुग्न लागेका छन् । त्यसको सामना गर्नु नै अमेरिकाको अहिलेको प्राथमिकता हो ।
अफगानिस्तानबाट हतार गरेर निस्कनुमा यही कारण सर्वोपरि देखिन्छ । तर साम्राज्यको चिहान भनिने अफगानिस्तानले बेलायती र सोभियत साम्राज्यपछि अमेरिकी साम्राज्यलाई पनि धूलो चटाएको इतिहास बन्न पुगेको छ ।
सर्वोच्च अदालतको परमादेशले प्रधानमन्त्रीबाट पदमुक्त भएपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बालुवाटारबाट रित्तो हात फर्केका थिए, २०७८ असार ३० गते । संसद् विघटनको अवगाल छँदै थियो, लामो समय सँगै राजनीति गर...
सरकारमा सहभागी मन्त्रीको कार्यक्षमतालाई लिएर प्रश्न उठेपछि अहिले सरकारमा रहेका मन्त्रीलाई फिर्ता बोलाएर मन्त्रिमण्डल पुनर्गठन गर्न सत्तारुढ दलहरूभित्र दबाब बढ्न थालेको छ । अपवादबाहेक सरकारमा सहभागी मन्त्रीले जनअपे...
कुनै राजनीतिक संक्रमण वा अवरोध नभएको समयमा मन्त्रीहरूबीच कसले राम्रो काम गर्ने भनेर प्रतिस्पर्धा हुनुपर्ने हो । तर, विडम्बना ! सहज राजनीतिक अवस्थामा पनि झन्डै एक वर्षसम्म सरकारमा रहेका अधिकांश मन्त्रीको कार्यप्रगति ...
दुई–दुईपटक मिर्गौला फेरेको शरीर । मध्यजाडो नजिकिँदै गरेका मंसिरका चिसा दिन । त्यसमाथि वृद्धावस्था । यस्तो बेला ७० नाघेकाहरूको अधिकांश समय ओछ्यानमै बित्छ । नभए पनि घरको चार दिबारभित्र आराम गरेर अनि तात...
चरम आर्थिक संकटबाट गुज्रिएको श्रीलंकाले सन् २०२२ को अन्त्यतिर औषधि किन्ने क्षमता पनि गुमाएको थियो । ५० अर्ब डलरभन्दा बढीको विदेशी ऋण 'डिफल्ट' भएको थियो भने लाखौंले रोजगारी गुमाएका थिए । दशौं लाख मान्छे...
आफ्नो तेस्रो कार्यकालको दोस्रो वर्षलाई प्रभावकारी बनाउने भनी दाबी गरेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेस महामन्त्री गगन थापालगायत केही नेतासँग नियमित सल्लाह सुझाव लिन थालेका छन् । रा...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...