रातारात अमिताभ बच्चनको घर अगाडि टाँसियो पोस्टर

बलिउडका महानायक अमिताभ बच्चनको एक तस्वीर अहिले चर्चामा रहेको छ ।

मुम्बईको जुहूस्थित उनको आफ्नो घरबाहिर उनको फोटोसहितको पोस्टर टाँसिएको छ । 


Advertisement

पोस्टर बुधवार बेलुका टाँसिएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् । 

यो पोस्टर राज ठाकरेको पार्टी महाराष्ट्र नवनिर्माण सेना (एमएनएस)ले टाँसेको हो । 

यस पोस्टरमा अमिताभलाई दिल देखाउन अनुरोध गरिएको छ । 

पोस्टरमा भनिएको छ, यहाँ ज्ञानेश्वर बाटोलाई चौडा बनाउने काम भइरहेको छ, जसका लागि अमिताभ बच्चनको ठूलो दिल देखाउन र प्रशासनको मद्दत गर्न आग्रह गरिन्छ ।’

सडक चौडा बनाउने क्रममा अमिताभको घरको केही भाग पनि भत्काउनुपर्ने भएकाले यस्तो अपिल गरिएको बताइएको छ । 

एजेन्सी
एजेन्सी

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्