गायक बज्राचार्यले ल्याए नेपालभाषामा ‘हाकु मैंचा’ [भिडियो]

सुरजवीर बज्राचार्यको ‘हाकु मैंचा’ बोलको म्युजिक भिडियोलाई एक कार्यक्रमकाबीच लोकार्पण गरिएको छ ।

बालमुकुण्ड प्रजापतिको निर्देशन रहेको नेपालभाषाको ‘हाकु मैंचा त्वइसेच्वंका गन वनेत्यना ?’ बोलको गीतले माता पिरती साट्ने बखतको सौन्दर्यलाई अथ्र्याउँछ । थिमिको प्यासिफिक फुड ल्याण्डमा आयोजित कार्यक्रममा मध्यपुर थिमि नगरपालिकाका मेयर मदनसुन्दर श्रेष्ठले म्युजिक भिडियो लोकार्पण गरे ।


Advertisement

गीतका रचनाकार तथा गायक सुरजवीर बज्राचार्यले ‘हाकु मैंचा’ लाई प्यारोडी गर्ने सोचका साथ तयार गरेको बताए । तर समायान्तरमा वरिष्ठ संगीतकार जुगल डंगोलसँगको सहकार्यमा नयाँ प्राण भर्न सफल भएको उनले स्मरण गरे ।

नेपाल सांस्कृतिक उत्थान परिषद्को व्यानरमा तयार भएको म्यूजिक भिडियोको मुख्य भूमिकामा अणु खड्का, रमेश बल्ल तथा आशाराम शिल्पकार छन् ।

त्यस्तै कलाकारहरुमा डेरिका छन्त्याल, आरती भासिमा, अस्मिता मानन्धर तथा लिजा र निशा प्रजापति छन् । देवेन्द्र प्रजापतिको छायांकन तथा सम्पादन रहेको भिडियोमा दिपक बज्राचार्य र सागर बनमालाले संयुक्त रुपमा कोरियोग्राफी गरेका हुन् ।
 

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्