ओलम्पिक खेल्ने अमेरिकी खेलाडीमा कोरोना पुष्टि

टोकियो ओलम्पिकमा सहभागी एक अमेरिकी जिम्न्यास्ट खेलाडीमा कोरोना भाइरसको संक्रमण देखिएको छ । यी खेलाडीसँगै उनीसँगको क्लोज कन्ट्याक्टमा रहेकी अर्की एक खेलाडीलाई अहिले होटलमा आईशोलेसनमा राखिएको बीबीसीले लेखेको छ ।

टिमका बाँकी खेलाडी भने टोकियोस्थित ओलम्पिक भिलेजमा छन् ।  अमेरिकी ओलम्पिक कमिटीका अनुसार यी खेलाडी वैकल्पिक खेलाडी हुन् ।
यसअघि चेक गणतन्त्र ओलम्पिक कमिटीले आफ्ना बिच भलिबल खेलाडी अन्ड्रेज पेरुसिकमा कोरोना संक्रमण देखिएको घोषणा गरेको थियो । यसै साता दक्षिण अफ्रिकाका दुई फुटबलरमा पनि संक्रमण देखिएको थियो ।


Advertisement

 


Advertisement

एजेन्सी
एजेन्सी

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्