×

NMB BANK
NIC ASIA

माधव नेपाल पक्षका २२ सांसदले अझै पाएनन् स्पष्टीकरण पत्र, पाए पनि जवाफ नदिने

साउन ५, २०७८

NTC
Sarbottam
Premier Steels
Marvel

प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएका नेकपा एमालेका २२ जना सांसदले पार्टीले सोधेको स्पष्टीकरणको जवाफ नदिने भएका छन् ।

Sagarmatha Cement
Muktinath Bank

साउन ३ गतेको संसद् बैठकमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव नेपाल समूहको गरी २२ जना सांसदले फ्लोर क्रस गरेर नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा विश्वासको मत दिएका थिए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

साउन ४ गते बसेको एमालेको १० औं केन्द्रीय कमिटी बैठकले ती सबै सांसदहरूलाई २४ घण्टे स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो । केन्द्रीय कमिटीको निर्णय अनुसार मुख्य तीनवटा विषय समेटेर उनीहरूलाई स्पष्टीकरण पत्र पठाइएको एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिए ।


Advertisment
Nabil box
Kumari

तर, पार्टीले सोधेको स्पष्टीकरणको जवाफ दिनु आवश्यक नठानेको सांसद मेटमणि चौधरीले बताए । उनी वरिष्ठ नेता नेपाल पक्षीय सांसद हुन् । उनले भने, ‘केपी ओलीको पार्टीलाई हामीले एमाले नै मानेका छैनौँ । त्यस्तो पार्टीले सोधेको स्पष्टीकरणको जवाफ दिनुपर्छ भन्ने हामीले ठानेकै छैनौँ । कसैले पनि स्पष्टीकरणको जवाफ नदिने भएका छौं ।’

Vianet communication
Laxmi Bank

एमालेमा विवाद सुरू भए यता विभिन्न समूहले पार्टी दाबी गरेर चलाइरहेको र त्यस्तो गुटको निर्णयबाट सोधिएको स्पष्टीकरणको कुनै अर्थ नहुने चौधरी बताउँछन् । 

अर्का सांसद विरोध खतिवडाले भने स्पष्टीकरणको जवाफ दिनु आवश्यक नरहेको बताए । ‘पार्टीले स्पष्टीकरण सोध्नै मिल्दैन । त्यस्तो स्पष्टीकरणको जवाफ दिनु पनि परेन । उनीहरूले सोध्ने भनेको स्पष्टीकरण पत्र नै आइपुगेको छैन । नआएको स्पष्टीकरणको के जवाफ हुन्छ र ?’, खतिवडाले भने । 

त्यसैगरी, माधव नेपाल पक्षकै अर्का सांसद कल्याणी खड्काले पनि अहिलेसम्म आफूलाई कुनै पनि स्पष्टीकरण पत्र अहिलेसम्म नआएको बताइन् । 

प्रधानमन्त्रीलाई दिएको विश्वासको मतको सन्दर्भलाई लिएर सांसदलाई स्पष्टीकरण सोध्ने र कारवाही गर्ने काम गर्नै नमिल्ने सांसद खतिवडाले बताए । त्यस्तो काम गरेका अदालतको मानहानिको विषय हुने उनले बताए ।

एमालेका पार्टी महासचिव ईश्वर पोखरेलसँगको समन्वयमा एमाले केन्द्रीय कार्यालयले तयार पारेको स्पष्टीकरण पत्रमा २७ वैशाखमा आफ्ना पार्टीका अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीले विश्वासको मत लिँदा किन संसद्मा अनुपस्थित भएको, पार्टीको अनुशासन किन उल्लंघन गरेको ? र, पार्टी हित विपरीतको काममा हित संलग्न भएको भन्ने प्रश्न उल्लेख गरिएको छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x