
प्रधानमन्त्री शेरबहादुर देउवाले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् ।
लामो समयदेखि अस्वस्थ रहेकी सीता दाहालको स्वास्थ्य अवस्था बुझ्न देउवा खुमलटार पुगेका थिए ।
'प्रधानमन्त्रीज्यू म्याडम (प्रचण्डपत्नी सीता दाहाल)को स्वास्थ्य अवस्था बुझ्न र उहाँलाई भेट्न आउनुभएको हो,' प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटा जुगलले भने ।
सीता दाहाल लामो समयदेखि बिरामी छन् । केही समयअघि भारत लगेर उपचार गरिए पनि स्वास्थ्यमा उल्लेख्य सुधार हुन सकेको छैन ।