सर्वसाधारणका लागि ६ लाख ८४ हजार ७४६ कित्ता आईपीओ जारी गर्दै मैलुङ खोला जलविद्युत

मैलुङ खोला जलविद्युत कम्पनीले साधारण सेयर (आइपिओ) बिक्री खुला गर्ने भएको छ । कम्पनीले साउन १४ गतेदेखि बिक्री खुला गर्ने भएको हो ।

कम्पनीले प्रतिकित्ता १ सय रुपैयाँ अङ्कित कुल ७ करोड ३६ लाख २८ हजार ६ सय रुपैयाँ बराबरको ७ लाख ३६ हजार २ सय ८६ कित्ता आईपीओ निष्कासनको लागि असार २३ गते धितो पत्र बोर्डबाट अनुमति पाएको थियो ।


Advertisement

जसमा १४ हजार ७२६ कित्ता कर्मचारी र ३६ हजार ८१४ कित्ता सामूहिक लगानी कोषको लागि छुट्टाएको छ । बाँकी ६ लाख ८४ हजार ७४६ कित्ता सर्वसाधारणको लागि बिक्री खुला गर्ने कम्पनीले जनाएको छ ।

जसमा लगानीकर्ता न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्मको लागि आवेदन दिन सक्नेछन् । 

कम्पनीको आईपीओ बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल रहेको छ ।

कम्पनीले आईपीओ बिक्री छिटोमा साउन १८ गतेसम्म र ढिलोमा साउन २८ गते बन्द गर्ने उल्लेख गरेको छ । इच्छुक आवेदकले धितो पत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सी–आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु तथा तिनका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् ।
 

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्