
बाघको छाला बोकी हिँडेका २ जनालाई प्रहरीले बुधवार पक्राउ गरेको छ ।
जाजरकोटको भेरी नगरपालिका–९ का ३२ वर्षीय रामबहादुर दमाइँ र रुकुम पश्चिम मुसिकोट नगरपालिका–१० का ५४ वर्षीय पूर्णसिंह सुनारलाई पक्राउ गरिएकोे जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता मुकुन्द रिजालले बताए ।
अभियुक्तद्वयले बुधवार बिहान घोराही उपमहानगरपालिका–३ गोग्लीमा सिमेन्टको बोरामा सामान बोकी हिँडिरहेका बेला खटिएका प्रहरीे टोलीले शंका लागि खानतलासी गर्दा ५ फिट २ इन्च लामो बाघको छाला ४ इन्च लामो नंग्रा र जुँगा बरामद गर्नाका साथै उनीहरूलाई पक्राउ गरी अनुसन्धान थालिएको जनाइएको छ ।