‘युरोकप विथ फोनलोन’ योजनाको विजेता बने लक्ष्मी बैंकका अशोक

फोनलोनले आफ्नो तीन हप्ता लामो ‘युरो कप विथ फोन लोन’क्याम्पेनको विजेता घोषणा गरेको छ । 

यस उपहार योजनामा लक्ष्मी बैंकका ग्राहक अशोक कुमार खाती विजेता बनेका छन् । 

विजेता खातीले सामसङ्गको ५५–इन्च स्मार्ट टिभी जितेका छन् ।  


Advertisement

‘युरो कप विथ फोन लोन’ योजना असार १ गते देखी २३ गते सम्म चलेको थियो भने यसमा फोन लोन सञ्जालका ५ वटा बैंक सहभागी भएका थिए । 

यो योजनामा लक्ष्मी बैंक, कुमारी बैंक, सिटिजन बैंक, नबिल बैंक र मेगा बैंकका फोनलोनका प्रयोगकर्ताहरु सहभागी हुन सक्ने थिए । 

यस योजनामा सहभागी हुनका लागी योग्य फोनलोनका प्रयोगकर्ताले सो अवधि भित्र फोनलोन मार्फत कर्जा लिनु पर्ने थियो । 

विजेता छनौट भने फोनलोनको ‘विनर सेलेक्सन सफ्टवेर’ द्वारा गरिएको थियो ।

यो योजनामार्फत फोनलोनले ग्राहकहरु माझकागज–रहित, धितो–रहित स्मार्ट लोन सुविधाबारे जानकार गराएको छ ।
 

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्