२६ जेठ २०८३, मंगलबार

कर उठाउनका लागि सरकारले जारी गर्‍यो बाधा अड्काउ फुकाउने आदेश

कर उठाउनका लागि सरकारले जारी गर्‍यो बाधा अड्काउ फुकाउने आदेश

सरकारले बजेटमा ल्याएको कर असुली नीति कार्यान्वयनका लागि राजपत्रमा सूचना प्रकाशन गरेको छ।

साउन ४ गते सूचना जारी गर्दै अर्थ मन्त्रालयले अन्तःशुल्कको विलम्ब शुल्कलाई ब्याजसरह गणना गरी कर उठाउने भनेको हो ।

तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले कर असुलीलाई बढाउनका लागि वर्षौदेखि मुद्दाको प्रक्रियामा रहेका कर विवरण बुझाउन आएमा सहुलियत दिएर उठाउने व्यवस्था गरेको थियो । 

तत्कालीन अर्थमन्त्री विष्णु पौडेलले अध्यादेशमार्फत ल्याएको बजेटमा यस्तो सुविधाको घोषणा गरिएको थियो । तर यो घोषणा कार्यान्वयन गर्न कानुनी जटिलता उत्पन्न भएपछि सरकारले बाधाअड्काउ फुकाउँदै कर असुलीका लागि राजपत्रमा सूचना प्रकाशित गरेको हो।

राजपत्रमा प्रकाशित सूचनामा आर्थिक अध्यादेशका दफाहरु २० र २१ को कार्यान्वयनका लागि बाधा-अड्काउ फुकुवा गरिएको जनाइएको छ। 

सूचना

salt training

कमेन्ट गर्नुहोस्