×

NMB BANK
NIC ASIA

पार्टीलाई एकतावद्ध गर्ने सन्दर्भमा स्पष्टीकरणले सहयोग पुर्‍याउँदैन : गोकर्ण विष्ट

साउन ६, २०७८

NTC
Sarbottam
Premier Steels
Marvel

नेकपा एमालेको माधव नेपाल पक्षले पार्टी एकता विरोधी कुनै पनि खालका गतिविधि नगर्न अध्यक्ष केपी शर्मा ओलीको गम्भीर ध्यानाकर्षण गराएको छ । 

Muktinath Bank

वरिष्ठ नेता नेपाल पक्षको स्थायी समितिको बैठकले पार्टी एकता वार्ता चलिरहेका बेला आफूपक्षीय सांसदलाई स्पष्टीकरण सोध्ने तथा वरिष्ठ नेता माधवकुमार नेपालविरुद्ध उत्तेजक नाराबाजी लगाउने लगायतका गतिविधिप्रति आपत्ति जनाउँदै त्यस्ता खालका एकताविरोधी गतिविधि नगर्न अध्यक्ष ओलीको ध्यानाकर्षण गराएको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

काठमाडौंको बुद्धनगरस्थित क्वालिटी बैंकटमा बुधवार बसेको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दैै नेता रघुजी पन्तले भने, ‘एकता वार्ता चलिरहेको र १० बुँदे सहमति बुझाएको अवस्थामा स्पष्टीकरण सोध्ने र वरिष्ठ नेता माधवकुमार नेपालविरुद्ध नारा जुलुस गर्ने एवं पुत्ला जलाउने साथै संविधान र सर्वोच्च अदालतको फैैसला अनुरूप आफ्नो विवेक प्रयोग गरेर विश्वासको मत दिने सांसदहरूलाई आतंकित पार्ने र उनीहरूविरुद्ध उत्तेजक गतिविधि र नाराबाजी गर्ने काम तत्काल रोकिनुपर्छ । यस्ता गलत र उत्तेजक काम कारवाहीविरुद्ध खेद व्यक्त गर्दै यस्ता गतिविधिलाई तत्काल रोकेर पार्टी एकताको कामलाई गम्भीरताका साथ अघि बढाउन यो बैठक पार्टी अध्यक्ष कमरेडको गम्भीर ध्यानाकर्षण गराउँछ ।’


Advertisment
Nabil box
Kumari

माधव नेपाल पक्षले अदालतको फैसला अनुसार आफ्ना पार्टीका २२ जना सांसदले स्वविवेक प्रयोग गरी प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने अधिकार रहेको निष्कर्ष निकाल्दै यसै विषयलाई लिएर उनीहरूलाई स्पष्टीकरण सोध्ने काम गरेर पार्टीको एकतालाई भाँड्ने काम गर्न कुनै हालतमा नमिल्ने तर्क समेत गरेको छ ।

Vianet communication
Laxmi Bank

बैठकले पार्टीभित्र एकताको वातावरण बनिरहेको उल्लेख गर्दै त्यसलाई बिथोल्ने काम नगर्न पनि अध्यक्ष ओली पक्षीय नेतालाई आग्रह गरेको छ । 

‘सांसदहरूलाई स्पष्टीकरण सोध्ने लगायतका कामले पार्टी एकतालाई सहयोग पुर्‍याउँदैन,’ विघटित पार्टी एकता कार्यदलका समेत रहेका नेता गोकर्ण विष्टले भने, ‘यसले पार्टी एकताको वातावरणलाई धमिल्याउने काम गर्छ । एकताको जुन वातावरण बनिरहेको छ, त्यो वातावरणलाई कमजोर बनाउने, यसलाई बिथोल्ने र धमिल्याउने काम कतैबाट पनि हुुनु स्वाभाविक हुन सक्दैन । पार्टीलाई एकताबद्ध गर्ने सन्दर्भमा यसले सहयोग पुर्‍याउँदैन ।’

वरिष्ठ वरिष्ठ नेता नेपाल सहितका २२ जना सांसदले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएपछि उनीहरूले अक्षम्य अपराध गरेको निष्कर्ष निकाल्दै उनीहरूलाई स्पष्टीकरण गर्ने सोध्ने निर्णय गरेको थियो ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x