ओलम्पिक खेलमा सोनियाले रसियाकी इरिनासँग प्रतिस्पर्धा गर्ने

शुक्रवारदेखि जापानको टोकियोमा आयोजना हुने ३२ औं गृष्मकालीन ओलम्पिकअन्तर्गत जुडो खेलमा नेपालकी खेलाडी सोनिया भट्टले रसियाकी खेलाडी डोल्गोभा इरिनासँग प्रतिस्पर्धा गर्ने पक्का भएको छ ।


Advertisement

बिहीवार सार्वजनिक भएको खेल तालिका अनुसार जुडो खेलाडी भट्टले प्रारम्भिक चरणमा इरिनासँग खेल्ने पक्का भएको हो ।


Advertisement

उनी ४८ केजी तौल समूहमा इरिनाको सामना गर्ने छिन् । भट्ट विश्व वरीयतामा १२७औं स्थानमा छिन् भने इरिना विश्व वरीयतामा नवौं स्थानमा छिन् ।

खेल साउन ९ गते हुनेछ । पदकको टुंगो पनि सोही दिन लाग्नेछ । 


Advertisement

भट्ट वाइल्ड कार्डमार्फत ओलम्पिक खेलमा छनोट भएकी हुन् । उनले नेपालमा आयोजना भएको तेह्रौं दक्षिण एसियाली खेलकूद (साग) मा कास्य पदक जितेकी थिइन् । उनी महिला ४८ केजीमुनि तौल समूहमा नेपाललाई कास्य पदक दिलाइकी थिइन् । 

डोपिङ प्रकरणमा प्रतिबन्धमा परेको रुस ओलम्पिक खेलमा देशका रुपमा सहभागी छैन । रसियाका खेलाडीले रुस ओलम्पिक कमिटीको झण्डामुनि रहेर प्रतिस्पर्धा गर्नेछन् ।
 

कमेन्ट गर्नुहोस्