२६ जेठ २०८३, मंगलबार

संसद्को बैठकमा भोलि दलका नेताहरूले प्रधानमन्त्रीलाई बधाई दिने

संसद्को बैठकमा भोलि दलका नेताहरूले प्रधानमन्त्रीलाई बधाई दिने

प्रतिनिधि सभाको शुक्रवारको बैठकमा विभिन्न राजनीतिक दलका नेताहरूले प्रधानमन्त्री शेरबहादुर देउवालाई बधाई दिने भएका छन् । 

शुक्रवार दिउँसो १ बजे बस्ने बैठकमा प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने विभिन्न राजनीतिक दलले प्रधानमन्त्रीलाई बधाई दिने कार्यक्रम राखिएको सचिवालयका एक अधिकारीले जानकारी दिए ।

शुक्रवारको सम्भावित कार्यसूचीमा पनि नवनियुक्त प्रधानमन्त्री देउवालाई बधाई दिने कार्यक्रम समावेश गरिएको छ ।  

नयाँ प्रधानमन्त्री निर्वाचित भएपछि बधाई दिने संसदीय परम्परा रहेको छ । सामान्यतया संसदीय दलको नेताले रोष्ट्रममा बोलेर प्रधानमन्त्रीलाई बधाई दिने प्रचलन छ । 

यसअघि साउन ३ गते प्रधानमन्त्री देउवाले विश्वासको मत लिने क्रममा प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओली बोलेका थिएनन् । 

ओलीले सम्बोधन नगरेकोमा प्रधानमन्त्री देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गुनासो गरेका थिए । 
 

salt training

कमेन्ट गर्नुहोस्