विप्लवको टोली र राप्रपा नेताहरूबीच भेटवार्ता, कमल थापाले भने- तीन बुँदे सहमति कार्यान्वयन हुनुपर्छ

पछिल्लो समय राजनीतिक भेटघाटलाई तीव्र बनाएको नेत्रविक्रम चन्द ‘विप्लव’ को टोलीले आज राप्रपाका नेताहरूसँग भेटवार्ता गरेको छ । 


Advertisement

भेटमा समसामयिक विषयमा छलफल भएको राप्रपा अध्यक्ष कमल थापाले जानकारी दिए । ‘सौहार्दपूर्ण भेटघाट भयो, दुवै पक्षका बीच समसामयिक विषयमा विचार विमर्श भयो,’ उनले भनेका छन्, ‘विप्लव नेतृत्वको पार्टीसँग सरकारले गरेको ३ बुँदे सहमति कार्यान्वयन हुनुपर्छ भन्ने राप्रपाको धारणा रहेको छ।’


Advertisement

निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारसँग विप्लव समूहले गरेको तीन बुँदे सहमति गरेको थियो ।

‘विप्लव’ले पछिल्लो समय राजनीतिक भेटघाटलाई तीव्रता दिएका छन् । यसअघि उनको टोलीले प्रधानमन्त्री शेरबहादुर देउवा र गृहमन्त्री बालकृष्ण खाँणसँग छलफल गरेको थियो । 


Advertisement

त्यस्तै निवर्तमान प्रधानमन्त्री ओली, नेकपा माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, जसपाका संघीय परिषद् अध्यक्ष डा। बाबुराम भट्टराई, नेकपा क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्य किरणलगायतसँग पनि भेटघाट गरिएको थियो ।

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्