भारत : संसदमा मन्त्रीबाट कागज खोसेर च्यात्ने सांसद निलम्बित

भारतको संसदमा मनसून सत्रको चौथो दिन तृणमूल कांग्रेसका सांसदलाई सत्रभरिका लागि निलिम्बन गरिएको छ । 


Advertisement

सेनले बिहीवार सूचना प्रविधिमन्त्री अश्विनी वैष्णवको हातबाट कागज खोसेर च्यातेका थिए । 


Advertisement

वैष्णवले तृणमूलको नेतृत्वमा बंगालमा हिंसाको संस्कृति रहेको र त्यही संस्कृति उसले संसदमा पनि भित्र्याउन खोजेको प्रतिक्रिया दिए । 

वैष्णव बुधवार सदनमा पेगासस सफ्टवेयरमार्फत भारतीयहरूको जासूसी गरिएको आरोपमा बयान दिइरहेका थिए । उनी बोल्दै गर्दा सेनले उनको हातबाट कागज खोसे र टुक्रालाई हावामा फ्याँके । 


Advertisement

सेनले चाहिँ आफूलाई केन्द्रीय मन्त्री हरदीप पुरीले अपशब्द बोलेको र कुटपिट पनि गर्न खोजेको तर सहयोगीहरूले बचाएको भनी बयान दिएका छन् । 

विपक्षी कांग्रेस पार्टीले संसदमा अब पेगाससको भन्दा पनि किसान आन्दोलनका बारेमा छलफल गराउन चाहेको छ ।
 

एजेन्सी
एजेन्सी

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्